×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

निर्वाचन नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिएको भन्दै रावलकाे आपत्ति

२ मंसिर २०७८

२ मंसिर, काठमाडौं।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन्।

Advertisement
Advertisement

उनले  बुधबार विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘२०७७ साल चैत मसान्तसम्म सदस्यता प्राप्त गरेका व्यक्तिहरुले मात्र प्रतिनिधि चुन्न र चुनिन पाउने, निर्वाचन कमिटीको गठन गरी निर्धारित प्रणाली अनुसार विधिवत् प्रतिनिधिको चयन गर्नुपर्ने स्पष्ट पार्टी निर्देशन विपरीत उम्मेदवारीको दरखास्त दिननदिने, सहमति नै नभई, निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिनु अवैध हो । यस्तो क्रियाकलापप्रति असन्तुष्टि र विरोध प्रकट हुने क्रममा विभिन्न ठाउँबाट पार्टीमा लिखित र मौखिक उजुरी पर्नुका साथै जिल्ला कमिटीका सदस्यले पदबाट राजीनामा दिनेसम्मको स्थिति देखिएको छ।’

उनले पार्टीमा उत्पन्न अन्तरविरोध र समस्याहरुको समाधान गर्न र पार्टीलाई विधि र पद्धतिसम्मत किसिमले चलाउँदै एकताबद्धरुपमा अगाडि बढ्नको लागि १० बुँदे सहमति भई त्यसको कार्यान्वयनको लागि अन्तरपार्टी निर्देशन–१२ जारी भएको बताएका छन् ।

उनले कतिपय ठाउँमा सदस्यता वितरण, नविकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे पार्टीका बैठकहरुमा कुरा उठाउनुका साथै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराएपनि त्यस्ता गतिविधि रोकिएको नदेखिएकाे बताएका छन् ।

‘यही भावनाका साथ विधि र पद्धतिको पूर्ण पालना गरी दसौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो । तर, यस्तो चाहना र आवश्यकता विपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन् । कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नविकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे मैले पार्टीका बैठकहरुमा कुरा उठाउनुका साथै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई जानकारी गराई त्यस्ता क्रियाकलाप रोकी विधि र पद्धतिसम्मत किसिमले काम गर्न निर्देशन हुन मैले मात्र होइन अरुबाट पनि माग गरिएको थियो । तर त्यस्ता गतिविधि रोकिएको देखिएन,’ विज्ञप्तिमा भनिएको छ।

Advertisement

पार्टीले फुटको सामना गरिरहेको बेला उक्त प्रकारका क्रियाकलाप हुनु अत्यन्त दुःखको कुरा भएको र यसले पार्टीलाई गम्भीर क्षति पुर्‍याउने उनको भनाइ छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top