गायिकाले पुरुष प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पिसाब गरिदिएपछि…

४ मंसिर, एजेन्सी ।

अमेरिकाकाे ब्रास अगेंस्ट ब्याण्डकी चर्चित गायिका सोफिया उरिस्ता आफ्नो एक हर्कतका कारण पछिल्लो समय विवादमा तानिएकी छन्।

लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि उनले जे गरिन् त्यसले बबाल निम्तिएको छ । चौतर्फी आलोचना भएपछि गायिकाले आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् ।  उनको ब्याण्ड ब्रास अगेंस्टले पनि यो प्रकरणमा माफी मागेको छ। तर, सोसल मिडियामा यो प्रकरणलाई लिएर अझै पनि आलोचना जारी छ।

Advertisement

११ नोभेम्बरमा आफ्नो एक लाइभ कन्सर्टमा उरिस्ताले एक पुरुष प्रशंसकलाई स्टेजमा बोलाइन् र उत्तानो परेर पल्टिन् भनिन्। त्यसपछि उनले ती पुरुष प्रशंसकको मुखमा पिसाब गरिदिइन्।

उरिस्ताले पुरुष प्रशंसकको अनुहारमा पिसाब गरेको भिडियो तीब्र रुपमा भाइरल भयो। त्यसपछि सामाजिक सञ्जालमा उरिस्ता र उनको ब्याण्डको धेरै आलोचना भयो।

Advertisement

उरिस्ताले सामाजिक सञ्जालमार्फत माफी माग्दै आफ्नो उक्त हर्कत सही नभएको स्वीकार गरेकी छन्। स्टेजमा आफू जहिले पनि ‘लिमिट’ रहने गरेको बताउँदै उरिस्ताले त्यस दिनको आफ्नो हर्कत भने सही नभएको बताएकी छन्। उनले भनिन्, ‘म सधैं स्टेजमा आफ्नो सीमामा नै बसिरहेकी हुन्छ । म कुनै चकित पारिदिने व्यवहारमार्फत् नभई आफ्नो सङ्गीतमार्फत् मानिसहरुको ध्यान आकर्षित गर्न चाहन्छु । जे जति भयो, म यसका लागि माफी चाहन्छु ।’

उक्त घटनामा ब्रास अगेंस्ट ब्याण्डले पनि माफी मागे छ। ब्याण्डले आफ्नो ट्वीटर ह्याण्डलमा भनेको छ, ‘सोफिया उरिस्ता धेरै उत्साहित भएकी थिइन्। यो केही त्यस्तो थियो जसको न हामीले अपेक्षा गरेका थियौं, न त तपाईंहरुले फेरि हाम्रो शो मा यस्तो देख्नुहुनेछ। यो पूरै घटना अप्रत्याशित थियो।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top