म्याङ्लुङ्ग बजार अब सिसि क्यामेराको कैदमा

२४ साउन ७५, बिहीबार
Share this
779shares

तेह्रथुम, साउन २४
अपराधिक घटना नियन्त्रणका लागि भन्दै म्याङलुङ नगरपालिकाले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजारमा सिसि क्यामेरा जडान गरेको छ । म्याङ्लुङ्ग बजारमा हुने अपराधिक घट्नाको न्युनिकरणका लागि सुरक्षालाई मध्यनजर गरी सिसि क्यामेरा जडान गरिएको हो ।

Advertisement

अपराधिक क्रियाकलाप नियन्त्रणका लागि बजारमा सिसि क्यामेरा जडान गरिएको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेले बताए । नगरपालिकाको ६ लाख रुपैयाँको लगानीमा बजारका मुख्य चोक र बसपार्कमा १० वटा सिसी क्यामेरा जडान गरिएकोे छ ।

म्याङलुङमा पछिल्लो समय बैंक तथा बित्तिय सस्थाहरु खोल्ने क्रम बढ्दै गए पछि ति संस्थाहरुमा लुटपाट घटना हुन नदिनका लागि सिसी क्यामरा जडान गरिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top