×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

फोहोरले जलचरको संख्यामा कमी, तिनाउमा एक लाख माछा छाडिए

६ मंसिर २०७८

६ मंसिर, बुटवल ।

रुपन्देहीका अधिकांश खोलानालामा जथाभावी रासायनिक र प्लाष्टिकजन्य फोहोर मिसाइएको छ । यसले जलाशयमा जलीय जीव र जलचरको संख्यामा कमी आएको छ ।

Advertisement
Advertisement

वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयले हरेक वर्ष माछाका भुरा खोलामा छोड्ने गरेका छन् । यसपटक पनि जैविक विविधताको संरक्षण गर्ने उद्देश्यका साथ तिनाउ खोलामा एक लाख माछा छोडिएको छ ।

बाढीपहिरो र अत्यधिक दोहनले खोलामा पानीको सतह घटिरहेको छ । यसले जलचर र जलीय जीवमा असर गरिरहेको छ । त्यसैमा बजार र कलकारखानाबाट निस्किने रासायनिक र प्लाष्टिकजन्य फोहोर सीधै खोलामा मिसाइएको छ ।

यसले जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेज आलमले बताए । माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गरेको उनले बताए ।

पानीमा हुने प्राङ्गारिक पदार्थले फोहोर बढाउँछ । ती फोहोर माछा तथा अन्य जलचरले खाएर पानीमा शुद्धता कायम राख्छन् । पानीमा जीवजन्तुको कमी भए त्यो असर गुणस्तरमा पर्छ । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिँचाइका लागि उपयुक्त मानिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीका प्रमुख दीपक भुसालको भनाइ छ ।

जलीय जीव र जलचरको संरक्षण गर्दा पानीको मुहानको संरक्षण प्रमुख विषय हो । बजारबाट आउने ढलको फोहोर र दूषित पानीको उपचार नगरी सीधै खोलामा मिसाउनु नहुने भुसालले बताए । तर, यहाँका उद्योग, कलकारखानाबाट निस्किने रासायनिक फोहोरलाई रोक्न ’वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान नगरेरै खोलामा मिसाइएको छ ।

वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले लगाएको रोक कार्यान्वयन हुन नसकेको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख तुल्सीराम भण्डारीले बताए । अब प्रदेश सरकारले अन्य मन्त्रालयको सहकार्यमा चाँडै वातावरण सम्बन्धी कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने उनले बताए ।

वातावरणीय सन्तुलन कायम राख्न जैविक विविधताको संरक्षण र त्यसको सदुपयोग अपरिहार्य हुन्छ । त्यसैले सबै प्राणी र वनस्पतिको वातावरणलाई सन्तुलनमा राख्न आआफ्नो भूमिका हुन्छ । खोलानालामा जथाभावी रासायनिक फोहर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नुपर्ने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रका प्रमुख महेश चन्द गुप्ताले बताए ।

Advertisement

रुपन्देहीमा माछा मारेर जीविका चलाउने हजारौँ परिवार छन् । माछाको संख्या कम हुँदै गएकाले खोलामा पाइने जलचरबाट आश्रित समुदायको आम्दानीको स्रोत गुमेको छ । उनीहरुको सहजताका लागि पनि हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरेको मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए । जैविक विविधताको संरक्षण गर्न मानव प्राणी बढी सचेत हुन आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top