×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो

७ मंसिर २०७८

काठमाडौं: न्यायालयको इतिहासमा प्रधानन्यायाधीशले लिँदै आएको एउटा अधिकार कटौती भएपछि अदालतमा समस्याको रूपमा रहेको बिचौलिया हट्ने अपेक्षा गरिएको छ । दैनिक रूपमा प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अब गोला प्रक्रिया (अटोमेसन) प्रणालीमा लगिएको छ ।

सर्वोच्च अदालत नियमावली संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि गोला प्रक्रियाबाट पेसी तोकिने प्रक्रियाले पूर्णता पाएको छ । सम्भवतः मंगलबार पूर्ण बैठक बसेर त्यसको कार्यान्वयनका लागि दिन तोकिनेछ । अदालतमा देखिएको विवादको एउटा जड पेसी व्यवस्थापन थियो । गोला प्रक्रियामा गएपछि मुद्दामा किनबेच, बिचौलिया, भ्रष्टाचार न्यूनीकरण हुने आशा गरिएको छ । अबदेखि कसैको भनसुन वा बिचौलियाले चाहेको आधारमा मुद्दा किनबेच गर्न सक्ने छैनन् ।

Advertisement
Advertisement

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका १८ जना न्यायाधीशले इजलास बहिष्कार गरेपछि गोला प्रक्रियामा जाने विषयमा गत बिहीबारको पूर्ण बैठकले निर्णय गरेको थियो । संविधानमा समेत न्याय प्रशासनको जिम्मेवारी प्रधानन्यायाधीशलाई दिइएकाले उनले आफूले चाहेको इजलासमा मुद्दा तोक्ने गरेका थिए । आफ्नो रुचि र स्वार्थका आधारमा मुद्दाको पेसी तोक्ने गरेको आरोप वर्तमान मात्रै नभई यसअघिका प्रधानन्यायाधीशहरूलाई समेत लाग्दै आएको थियो । गोला प्रक्रियाबाट मुद्दामा पेसी तोकिँदा प्रधानन्यायाधीशले शक्तिको दुरूपयोग गर्न सक्ने छैनन् ।

संशोधित नियमावलीमा पेसी तोक्ने प्रयोजनका लागि ‘प्रधानन्यायाधीश’ को सट्टा ‘पेसी व्यवस्थापन निर्देशन समिति’ भन्ने शब्दावली राखिएको छ । त्यसैगरी ‘प्रधानन्यायाधीश समक्ष’ भन्ने शब्दको सट्टा ‘मुख्य रजिस्ट्रार समक्ष’ भन्ने शब्दहरू राखिएका छन् । पेसी सूची तयार गर्दा गठन हुनसक्ने इजलास संख्या यकिन गरी समूह छुट्याएर तयार गर्नुपर्ने व्यवस्था गरिएको छ ।

साप्ताहिक पेसी सूचीमा परेका मुद्दामध्येबाट पेसी व्यवस्थापन निर्देशन समितिको निर्देशन र नियमावलीबमोजिम इजलास गठन गरी दैनिक मुद्दा पेसी सूची तयार पारेर मुख्य रजिस्ट्रारले अदालत र सम्बन्धित इजलासको सूचना पाटीमा टाँस्ने प्रबन्ध मिलाइने भएको छ ।

पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीशको अध्यक्षतामा दुई वरिष्ठतम् न्यायाधीश सदस्य रहने छन् । कुनै कारणवश तीनै जना उपस्थित नभएमा त्यसपछिका वरिष्ठतम् न्यायाधीशले पेसी व्यवस्थापन निर्देशन समितिको अध्यक्ष तथा सदस्यको काम गर्नेछन् । मुख्य रजिस्ट्रारले समितिको सचिवको रूपमा काम गर्नेगरी व्यवस्था गरिएको छ । व्यवस्थापन समितिले मुद्दा पेसी चढाउन निश्चित मापदण्ड बनाई पारदर्शी तथा विश्वसनीय हुने नीति तर्जुमा गर्नुपर्नेछ ।

गोला प्रणाली लागु भएसँगै न्याय सम्पादन कार्य अब सुचारु हुने भएको छ । प्रधानन्यायाधीश जबराको राजीनामाको माग यथावत् राख्दै १९ जना न्यायाधीश गोला प्रक्रियाबाट पेसी तोकी मुद्दा हेर्न सहमत भएपछि यो अवस्था आएको हो ।

Advertisement

न्यायाधीशहरूले गोला प्रक्रियाबाट पेसी सुरु गरेर मुद्दा हेर्न थालेपछि पनि प्रधानन्यायाधीशको ‘ग्रेसफुल एक्जिट’ को माग नछोड्ने बताएका छन् । उनीहरूले प्रधानन्यायाधीश इजलासमा सँगै नबस्ने अडान पनि यथावत् राखेका छन् । उता नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन जारी राखेको छ । राजीनामा नआएसम्म आन्दोलन गरिरहने घोषणा गरेको बारले बिहीबार संसद् र राजनीतिक दलका नेतालाई ज्ञापनपत्र बुझाउँदै प्रतिनिधिसभाबाट महाभियोग दर्ताको कदम चाल्न आग्रह गरेको छ ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top