कांग्रेसका कारण सरकारले काम गर्न पाएन : मन्त्री अर्याल

कांग्रेसका कारण सरकारले काम गर्न पाएन : मन्त्री अर्याल

पाखरा, साउन २५
भूमि व्यव्स्थापन, सहकारी एवम् गरीबी निवारणमन्त्री पद्मा अर्यालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण सरकारले काम गर्न नपाएको आरोप लगाएकी छन् ।

शुक्रबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अर्यालले सरकारलाई काम गर्न नदिन बिपक्षीले विभिन्न बहाना बनाएर संसद अबरुद्ध गर्ने गरेको अरोप लगाएकी हुन् ।

उनले विपक्षीले विभिन्न बहानामा संसद अबरुद्ध गर्ने तथा अदालतमा रिट हाल्ने लगायतका काम गर्दा सरकारले चिताए जस्तो काम गर्न नसकेको अरोप लगाईन् । मन्त्री अर्यालले हाल सम्म सरकारका काम भनेसन्तोषजनक नै रहेको दाबी समेत गरिन् ।

सांसदलाई बोल्न नदिएको सामान्य विषयमा समेत बिपक्षीले संसद अबरुद्ध गरेको बताउँदै सँधै यसरी नचल्ने भन्दै यसलाई पराजित गरेर सरकारले चुनावका बेला जनतासँग गरेको बाचा पुरा गर्ने बताइन् । मन्त्री अर्यालले भनिन् ‘ सरकार बनेको ४ महिना मात्र भएको छ । अहिले नै सरकारको मूल्यांकन गर्नु गलत हुनेछ । ’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.