Nepal Times
Nepal Times
18
Shares

नेपाल टाईम्सको सम्पादकमा हरिहर नेपाल

नेपाल टाईम्सको सम्पादकमा हरिहर नेपाल

८ मंसिर, विराटनगर ।
नेपाल टाईम्स मिडिया प्रा.लिको सम्पादकमा हरिहर नेपाल नियुक्त भएका छन् । एक दशक अघिदेखि पत्रकारिता गर्दै आएका नेपाललाई बुधबार नेपाल टाईम्सको कार्यालयमा स्वागत गरिएको छ ।

नेपाललाई स्वागत गर्दै नेपाल टाईम्सका कार्यकारी प्रमुख सैहेन्शा सिद्धिकीले पत्रकारिता क्षेत्रमा लामो अनुभव भएका सफल पत्रकारलाई नेपाल टाईम्सको सम्पादकमा भित्र्याउन पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले नेपाल टाईम्सलाई समय सापेक्ष सुधार गर्दै अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन आवश्यक रहेको र सम्पादकमा नेपालको आगमनले त्यसमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नवनियुक्त सम्पादक नेपालले आफुलाई सम्पादकका रुपमा नियुक्त गरेकोमा धन्यवाद व्यक्त गर्दै पत्रकारिताको परिधि भित्र रहेर संस्थाको प्रभाव र विश्वसनीयता बढाउन भूमिका खेल्ने बताए । उनले नेपाली पत्रकारितामा नेपाल टाईम्सकोे छुट्टै पहिचान, शैली र प्रभाव रहेको भन्दै अझ त्यसलाई थप समृद्ध बनाउने प्रतिवद्धता जनाए ।

सम्पादक नेपाललाई संस्थाका कर्मचारीहरुले पनि खादा ओढाएर स्वागत गरेका थिए । पत्रकार नेपाल झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । उनले नेपाल वान टेलिभिजन, मकालु टेलिभिजन लगायत केही रेडियो तथा पत्रपत्रिकामा आवद्ध भएर काम गरिसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.