राजस्वले चालू खर्च धान्न छाडेपछि अर्थमन्त्रीले निजी क्षेत्र गुहारे

८ मंसिर, काठमाडाैँ ।

अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बेला तथा अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नीजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राखे । अर्थमन्त्री शर्माले निजी क्षेत्रको लगानी राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने बताए ।

Advertisement

केही व्यवसायी स्वार्थी छन्
अर्थमन्त्री शर्माले नीजि क्षेत्रका केही ब्यबसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताए । देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको उनले बताए ।

उनले भने,‘अहिले सरकारको बजेट र लगानी सानो रहेको छ, हामीले निर्माण गरेका संरचनाहरुको खर्च गर्ने प्रवृति हेर्दा चालु खर्चलाई मात्रै पनि धान्न समस्या छ, यसले गर्दा नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको छ, भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त बन्दै गएको छ, कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको छैन, त, निजी क्षेत्रको खाजेजस्तो सहुलियत पुरा गर्ने प्रयास जारी छ ।’

Advertisement

अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको बताए । अब सरकारसँग मिलेर नीजि क्षेत्रलाई ठूला पुर्वाधार निर्माणमा लगानी गर्न पनि उनले आग्रह गरे ।

अहिले बजारमा तलताको अभाव छैन्ः गर्भनर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताए । गभर्नर अधिकारीले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताए । उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताए ।

गभर्नर अधिकारीले भने ,‘अहिले कार्यान्वयनमा ल्याइएको सीडी रेसियो सम्बन्धी व्यवस्थाले तत्कालका लागि केही असहज मानेका छन्, अहिले कैलाईए असहजता भए पनि अधिकांश प्रणालीका लागि राम्रो हो, हामीले नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, अहिले पनि बचाएका छौं, यसलाई सबैले बुझ्न आवश्यक छ, सीसीडी रेसियोले केहीलाई समस्या परे पनि सम्पूर्ण प्रणालीका लागि राम्रो छ, समग्र आर्थिक प्रणाली जोगाउन राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको छ, अहिले तरलताको समस्या देखिएको छ। यसको समाधानका लागि राष्ट्र बैंकले प्रयास गरिएको छ ।’

विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण
गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताए । नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको उनले बताए ।

मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान
अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको छ। यसरी चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको समेत बताए । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताए । अध्यक्ष गोल्छाले सरकारको तर्फबाट स्टीमुलस प्याकेज आउन नसकेको बताए । उनले भने,‘कोारेना महामारीको कारण थला परेका पर्यटन, संचार, साना तथा मझौला उद्यम व्यवसाय तथा बैंकिङ क्षेत्र अझै समस्याग्रस्त छ, त्यसैले साना उद्योगको लागि विशेष कार्यक्रम ल्याउन आवश्यक छ ।’

एमसीसी पास गर्नुपर्छः शेखर गोल्छा
त्यस्तै,अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनु पर्ने बताए । उनले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने बताए । एमसीसी देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्ने बताए ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top