×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

विवाह पञ्चमीमा श्रद्धालुको घुइँचो

२२ मंसिर २०७८

२२ मंसिर, जनकपुर।

धार्मिक र सांस्कृतिक महत्व बोकेको प्रसिद्ध सीताराम विवाहपञ्चमी महोत्सवअन्तर्गत आज भगवान राम र सीताको प्रतिकात्मक विवाह गर्न लागिएको छ। त्रेता युगमा आजकै दिन भगवान राम र सीताको विवाह भएको मान्यताअनुसार आज जनकपुरधाममा राम र सीताको प्रतिकात्मक विवाह गर्न लागिएको हो ।

Advertisement
Advertisement

विवाहपञ्चमीका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सीताराम स्वयम्वर र विवाह समारोह आयोजना गर्न लागिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास बैष्णवले जानकारी दिए। पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट दिउँसो सीताराम स्वयम्बरका लागि बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहसानमा राखी रङ्गभूमिमा पुर्याइन्छ, भने सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि मैदानमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिकविधि सम्पन्न भएपछि सीता र रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ। यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा स्थानीयका साथै सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गरेका छन्। रङ्गभूमि मैदानमा वर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेका सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको झभल्को दिन्छ ।

गोश्वामी तुलसी दासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभएको र शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको मान्यता छ ।

रामायणमा उल्लेख गरिएअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ। सीतालाई छोरीबहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिक्षा जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

विवाहपञ्चमीको अवसरमा श्रद्धालु भक्तजन आज बिहानैदेखि पवित्र सरोवर र गङ्गासागर नदीमा स्नान गरी पूजाअर्चना गर्ने गरेका छन्। सो अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ। यसैबीच, विवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको ठूलो घुइँचो लागेको छ। जानकी मन्दिरमा पूजापाठ र राम सीताको विवाह हेर्न ठूलो सङ्ख्यामा नेपाल तथा छिमेकी मूलुक भारतबाट श्रद्धालु आएका छन् ।

अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण विवाहपञ्चमी महोत्सव नभएका कारण यसवर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालुले दर्शन गर्ने अनुमान गरिएको छ। विवाह पञ्चमीका अवसरमा हुने भिडभाडलाई दृष्टिगत गरी जनकपुर उपमहानगरपालिकाले नगरक्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन बिदा दिएको छ ।

Advertisement

प्रदेश २ सरकारले पनि आज प्रदेशभरी सार्वजनिक सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमीको अवसरमा हुने भिडभाडमा आपराधिक घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न जनकपुर नगरक्षेत्रभित्र एक हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top