काठमाडौँ : काठमाडौंको एउटा औषधि विक्री केन्द्रबाट ५० प्रतिशत छुटमा औषधि विक्री गरिँदै आइएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले औषधिमा लेखिएको एमआरपी मूल्यभन्दा ५० प्रतिशत कममा बिक्री गर्दै आएको छ ।
डब्लुएचओ जीएमजी सर्टिफाइड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेको औषधिमा यो छुट पाइन्छ, वर्षौँदेखि औषधिमा यति धेरै छुट अन्यत्र कतै पाइँदैन ।यहाँ न उपभोक्ताले छुट माग्छन् न त औषधि पसलेले नै घटाउँछन् । नमागीकनै औषधिमा ५० र र केही सर्जिकल सामानमा ७० प्रतिशतसम्म छुट पाइन्छ ।