विराटनगर,साउन २६
विराटनगरका ६ जना क्रिकेटरहरु क्रिकेट प्रशिक्षणको लागि दिल्ली गएका छन् । देशमा त्रिकेटको माहोल सृजना भएपनि क्रिकेटको अभ्यास गर्न क्षमतावान प्रशिक्षक तथा प्रशिक्षणस्थलको अभावका कारण क्रिकेट खेल्ने वातावरण नबनेपछि उनीहरु दिल्ली गएका हुन् ।
प्रशिक्षणका लागि जाने क्रिकेटर सिद्धान्त लोहनीको, मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण यादवको टोलीलाई आईतबार विराटनगर स्पोर्टिङ क्लवले विदाई गरेको छ ।क्लबका अध्यक्ष मोहम्मद नसरुलले खेलाडीहरुलाई प्रशिक्षणको लागि शुभकामना दिँदै विराटनगरमा क्रिकेट प्रशिक्षणको वातावरण नबन्नु दुखद् भएको बताए ।
खेलकुद निकायले कुनै चासो नराखेपछि आफ्नै खर्चमा भएपनि प्रशिक्षणमा जानु परेको क्रिकेटर सिद्धान्त लोहनीले बताए । लोहनी कुनै समय राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय खेल खेलिसकेका खेलाडी हुन् ।
बिराटनगर स्थित शहीद मैदानको अभ्यास पिच पनि बिग्रिएको र मर्मत गर्न सम्बन्धित निकायलाई धेरै पटक भने पनि कसैले वास्ता नगरेको तथा बुधगरमा रहेको मैदान पनि खेल्न लायक नभएको खेलाडीहरुको गुनासो थियो ।
यस्तो छ बिराटनगरको शहिद मैदानको क्रिकेट अभ्यास नेट :