×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

सन्दीप लामिछाने सम्मिलित टोलीको पहिलो जित

२७ श्रावण २०७५

विराटनगर, साउन २७
क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेको टोलीले पहिलो जित निकालेको छ । आइतबा।र भएको खेलमा लामिछानेको टोलि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले पहिलो जित हासिल गरेको हो । उनसले ट्रिनबागो नाइट राइडर्सलाई ४२ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ् गरेको सेन्ट किट्सले निर्धारीत ओभरमा ७ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । उसका लागि डेभोन थोमसले सर्बाधीक ५८ रन बनाए ।

Advertisement
Advertisement

त्यस्तै कप्तान तथा ओपनर क्रिश गेलले ३५ रन बनाउँदा दशौं नम्बरमा आएर ब्याटिङ् गरेका कार्लोस ब्रेथवेइटेले विस्फोटक ब्याटिङ गर्दै १ चौका र ५ छक्का सहित १५ बलमा ४१ रन प्रहार गरे । सेन्टस किट्सका लागि बेन कटिंगले पनि अविजित २५ रन बनाए । बलिंगतर्फ ट्रिनबागका अली खानले ३ विकेट लिए ।

२ सय ४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रनमात्र बनाउन सक्यो । र उसका लागि कोलिन मुनरोले ३५, डरेन ब्राभोले ४१ र केभिन कुपरले अविजित ४२ रन बनाउनुबाहेक अन्यले गतिलो रन बनाउन सकेनन् ।

Advertisement
Advertisement

बलिंगतर्फ नेपालका सन्दीप लामिछानेले १ विकेट लिए । चौथो ओभर बलिंग गरेका सन्दीपले विकेट मेडन ओभर लिएका थिए । उनले ट्रिनबागोा ओपनर क्रिश लिनलाई बोल्ड गरेका थिए । सन्दीपका अलावा कार्लोस ब्रेथवेइटे, बेन कटिंग र जेरेमी लुइसले २–२विकेट लिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top