न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुरोट किन्नै नदिने

२३ मंसिर ७८, शुक्रबार

२४ मंसिर, एजेन्सी।

सुर्तीजन्य पर्दाथ स्वास्थ्यका लागि हानिकारक छन् । सबैदेशले आत्मसाथ गरेको विषय हो यो । सुर्तीजन्य पर्दाथका यस्तै अवगुणका कारण धेरै देशमा यस्ता पर्दाथमहरुमा करका भारहरु बढाईने गरिएको छ । नेपालमा समेत सुर्तीजन्य पर्दाथमा उच्च कर लगाईन्छ भने सार्वजनिक संचार माध्यामहरुमा प्रचार गर्न प्रतिबन्ध लगाइएको छ ।

यस्तै युरोपेली राष्ट्र न्युजिल्यान्डले सुर्तीजन्य उद्योगमा विश्वको सबैभन्दा कठिन प्रतिबन्ध लगाउने तयारी गरेको छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुरोट किन्न प्रतिबन्ध लगाउने योजना बनाएको छ । धूमपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामो समय लागिरहेको सरकारले बताएको छ ।

Advertisement

१४ वर्षभन्दा कम उमेरकालाई सन् २०२७ देखि कहिले पनि यस प्रशान्त देशमा चुरोट किन्ने अनुमति दिइने छैन । न्युजिल्यान्ड सरकारको लक्ष्य सुर्तीजन्य वस्तु बेच्ने र सबै उत्पादनमा निकोटिनको स्तर कटौती गर्नु हो । युवाले कहिल्यै धूमपान सुरु नगरून् भन्ने सुनिश्चित गर्न चाहेकाले यसैका लागि युवाहरूको नयाँ समूहलाई धूमपान गर्ने सुर्तीजन्य उत्पादनलाई बेच्ने या आपूर्ति गर्ने कामलाई अपराधका रूपमा तोक्ने तयारी गरेको न्युजिल्यान्डका एसोसिएट स्वास्थ्यमन्त्री आयशा वेराले बताएका छन् ।

सरकारी तथ्याङ्कका अनुसार न्युजिल्यान्डमा १५ वर्ष उमेरमाथिका सबै ११ दशमलव ६ प्रतिशत धूमपान गर्छन् । यो तथ्याङ्क स्वदेशी माओरी जाति वयस्कको बीचमा २९ प्रतिशतसम्म बढ्छ । सन् २०२२ को अन्त्यसम्म यो कानुन बनाउने उद्देश्यका लागि न्युजिल्यान्ड सरकारले आउँदो जुन महिनामा संसदमा कानुन पेस गर्नेछ तर त्यसअघि सरकारले आउँदा महिनामा माओरी स्वास्थ्य कार्य बलसँग परामर्श गर्नेछ । यसपछि प्रतिबन्धलाई सन् २०२४ देखि विभिन्न चरणमा सुरु गरिने योजना छ । यही योजना अनुरुप सन् २०२७ देखि धुमपान–मुक्त पिँढी बनाउने सरकारको योजना छ ।

Advertisement

न्युजिल्यान्डमा धूम्रपानका कारण हरेक वर्ष झन्डै पाँच हजार जनाको ज्यान जाने गरेको छ । सरकारको यो कदमलाई स्वास्थ्य अधिकारीहरूले स्वागत गरेका छन् भने खुद्रा बिक्रेताहरूले भने आफ्नो व्यवसायमा पर्ने प्रभावको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top