ओलम्पिक बहिष्कार गर्ने पश्चिमा मुलुकलाई चीनको चेतावनी

२३ मंसिर ७८, शुक्रबार

२४ मंसिर, एजेन्सी ।

चीनले राजधानी बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक बहिष्कार गर्ने पश्चिमा मुलुकहरुले मूल्य चुकाउनुपर्ने बताएको छ। अमेरिका, क्यानडा, अष्ट्रेलिया र बेलायतले ओलम्पिक्स बहिष्कार गर्ने निर्णयपछि चीनले यस्ताे बताएको हो।

बिहीबार चीनको विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनविनले खेलकुदमा राजनीति जोडेर शीतकानीन ओलम्पिक बहिष्कार गर्ने निर्णय गर्नु पश्चिमा मुलुकहरुका लागि हितकारी नभएको बताए। उनले भने, ‘अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायतले ओलम्पिक्सलाई राजनीतिकरुपमा लिएर आफैँ अलोकप्रिय बन्न खोज्दै छन्। ती मुलुकहरुले आफूले गरेको गल्तीको मूल्य चुकाउनुपर्नेछ ।’

Advertisement

अमेरिकाले गत सोमबार शीतकालीन बेइजिङ ओलम्पिक कूटनीतिकरुपमा बहिष्कार गर्ने निर्णय गरेको थियो। त्यसपछि क्यानडा, अष्ट्रेलिया र बेलायतले पनि अमेरिकाको निर्णयमा सामेल हुँदै बुधबार ओलम्पिक बहिष्कार गर्ने घोषणा गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top