Nepal Times
Nepal Times
3
Shares

अभिनेत्री ज्याकलिनसँग २०० करोड कालो धन

अभिनेत्री ज्याकलिनसँग २०० करोड कालो धन

२५ मंसिर, एजेन्सी ।

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिज २०० करोड भारतीय रुपैयाँ (कलोधन) प्रकरणमा अनुसन्धानको घेरामा छिन् । उनलाई अहिले बिदेश जान अहिले रोक लगाईएको छ । बिदेश जानको लागि बिमान स्थल पुगेकी यी अभिनेत्रीलाई बिमान स्थलबाटै प्रहरीले फर्काईदिएको छ ।

उनी बिदेश गएको खन्डमा २०० करोड प्रकरणको अनुसन्धानमा आँच पुग्ने भएका कारण उनलाई बिदेश जानबाट रोकेको दिल्ली प्रहरीको आर्थिक अपराध अनुसन्धान साखाले जनाएको छ ।

कालो धन प्रकरणको आरोपमा परेकी अभिनेत्री ज्याकलिनलाई दिल्ली प्रहरीले बयानको लागि बोलाएको छ । यदी यो प्रकरणमा अभिनेत्री ज्याकलिन दोषी देखिएमा उनलाई जेल सजाय हुने छ । जसका कारण बलिउडलाई ठुलो धक्का पुग्ने देखिन्छ ।

भारतीय नागरिक सुकेश चन्द्रशेख सहित केही व्यक्तिले २०० करोड घोटाला गरेको प्रहरीले जनाएको छ । सुकेश यस अघि पनि ठगी प्रकरणमा मुद्धा भोगिसकेका व्यक्ति हुन् । यसपटक उनको २०० करोड कलो धन राखेको प्रकरणमा अभिनेत्री ज्याकलिनको पनि नाम जोडिएको छ । उनी यो प्रकरणमा कसरी जोडिईन भन्ने’ प्रहरीले खुलाएको छैन । कालो धन ज्याकलिनको हुन सक्ने प्रहरीको अनुमान छ ।

अहिले ज्यानलिनमाथि अनुसन्धान भईरहेको भन्दै प्रहरीले त्यहाँका मिडियालाई थप जवाफ दिएको छैन । यो प्रकरणमा प्रहरीसँगै प्रवर्तन निर्देशालय (इडी)ले पनि अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.