×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

विराटनगरका मेयरलाई लक्षित गर्दे महानगरमा बम विष्फोट, विष्फोटको आशंकामा ९ जना प्रहरी नियन्त्रणमा

२७ श्रावण २०७५

विराटनगर,
विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले आशंका गरेको छ । आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यकक्ष नजिकै २ बजे सो विष्फोट भएको हो ।

विष्फोट लगत्तै प्रहरीले सुरक्षाकार्यमा कडाइ अपनाएको छ । घटनाबारे मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बम विष्फोटको जिम्मा कसैले पनि नलिएको र सुक्ष्म ढंगबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन ।

Advertisement
Advertisement

एसपी केसीले घटनामा जोडिएको आशंकामा ९ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेको बताएका छन । हाल उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको छ ।

पक्राउ परेकाहरुको राजनैतिक आवद्धता र विगतका पृष्ठभूमिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले हाल सिसी टिभी फुटेज हेरेर पनि घटनाका बारेमा पत्ता लगाउने प्रयास गरिरहेको जनाएको छ ।

विष्फोटबाट नगरपालिकाको झ्यालका सिसा फुटेका छन् । विष्फोटसंगै मेयर पराजुलीले प्रयोग गर्दै आएको को.१.झ ४९४ नम्बरको गाडीमा क्षति पुगेको छ । विष्फोटपछि धुवाँको मुस्लो छुट्दा कार्यालयका कर्मचारी र सेवाग्राहीबीच भागदौड मच्चिएको थियो ।

विष्फोटको आवाजले कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएको प्रहरीले जनाएको छ । ठाकुरको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भएको छ । यसैबीच, मेयर पराजुलीले महानगरपालिका जनताको कार्यालय भएका कारण बम विष्फोट हुने कुरामा कुनै आशंका गर्न नसकिएको बताए ।

प्रहरीले महानगरपालिका कार्यालयमा सिल गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । घटनास्थलमा प्रहरीका तालिम प्राप्त कुकुर सहितको अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी टोली परिचालन गरेर घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ ।

Advertisement
Advertisement

सशस्त्र र नेपाली सेनाको टोली पनि परिचालित छ । विष्फोटपछि जिल्ला सुरक्षा समिति मोरङको बैठक बसेर विराटनगरको सुरक्षा व्यवस्था कडा पार्ने निर्णय पनि गरेको छ । महानगरपालिकाका एक कर्मचारीका अनुसार केही दिन अघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाएरै चन्दा माग गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top