विराटनगर,साउन २७
विराटनगर–५ स्थित कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने ४ जनालाई पुरस्कृत एवं सम्मानित गरेको छ ।समाजसेवी एवम ब्यवसायी स्वर्गिय कृष्णप्रसाद सिग्देलको ९ औं स्मृति दिवसको अवसरमा आज स्मृतिसभा एवं सम्मान कार्यक्रमको आयोजना गरि प्रष्ठिानले चारजनालाई पुरस्कृत गरेको हो ।
सो अवसरमा प्रतिष्ठानले पत्रकार लिलाराज भट्टराई ११ हजार १ सय ११ रुपैयाँ राशिको कृष्णप्रसाद स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यस्तै जनता उच्च मावि मधुवन सुनसरीकी छात्रा नेहा गुप्तालाई ११ हजार १ सय ११ राशिको विद्यार्थीतर्फको पुरस्कार प्रदान गरेको छ ।
यसैगरि विराटनगरका युवा उद्यमी एवम नेपाल युवा उद्यमी मञ्चका विराटनगर च्याप्टर अध्यक्ष मनोज विक्रम शाहलाई युवा उद्यमी सम्मान र विराटनगरकै शोभना दुगडलाई महिला उद्यमी सम्मान प्रदान गरिएको छ । प्रदेश एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार रकम र सम्मानपत्र प्रदान गरेका हुन्। सो अवसरमा बोल्ने वक्ताहरुले सिग्देलले समाजमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।