भारतीय राष्ट्रपति बंगलादेशमाः पाकिस्तानले ध्वस्त बनाएको रमणा काली मन्दिरको गरे उद्घाटन

Share this
750shares

३ पुस, एजेन्सी ।
भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शुक्रवार बंगलादेशमा श्री रमणा काली मन्दिर उद्घाटन गरेका छन्।

Advertisement

सन् १९७१ को युद्धमा ढाकास्थित उक्त मन्दिर पाकिस्तानी सेनाले धवस्त बनाएको भारतीय मिडियाको दाबी छ।

उद्घाटन कार्यक्रममा कोविन्दले उक्त ऐतिहासिक मन्दिर भारत र बंगलादेशबिचको संस्कृतिक र आध्यात्मिक सम्बन्धको प्रतिक रहेको बताए थिए।

Advertisement

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र देश बनेको थियो। बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन कोविन्द बंगलादेश पुगेका हुन्।

पछिल्लो समयमा बंगलादेशमा हिन्दु धर्मवालम्बीमाथि आक्रमणको घटना सार्वजनिक भइरहँदा कोविन्दले बंगलादेशमा मन्दिरको उद्घाटन गरेका हुन्। बंगलादेशमा हिन्दुहरुमाथि हिंसात्मक घटना भएको भन्दै आलोचना हुँदै आएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top