×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

६ करोड ६० लाख वर्ष पुरानो डाइनोसरको भ्रुण फेला

७ पुस, एजेन्सी ।
वैज्ञानिकहरुले चीनमा पूर्ण रुपमा सुरक्षित गरिएको डाइनोसरको भ्रुण फेला पारेको बताएका छन्।

कुखुराको जस्तै अण्डा (फुल) बाट बच्चा कोरल्ने बेलाको डाइनोसरको भ्रुण फेला पारिएको वैज्ञानिकहरुले बताएका हुन्।

Advertisement

चीनको दक्षिणी प्रान्त ग्वान्झाओ प्रान्तमा अनुसन्धानको क्रममा वैज्ञानिकले डाइनोसरको भ्रुण फेला पारेका हुन्। सो भ्रुण कम्तीमा ६ करोड ६० लाख वर्ष पुरानो रहेको आँकलन वैज्ञानिकहरुले गरेका छन्।

फेला परेको भ्रुण दाँतविहीन थेरापोड डाइनोसर वा ओभराप्टोरोसरको रहेको विश्वास गरिएको छ। वैज्ञानिकले सो भ्रुणको नाम बेबी यिङलियाङ राखेका छन्।

अनुसन्धानकर्ता डा फिअन वाइसुम माले भनेका छन्, ‘यो इतिहासमै फेला परेको सबैभन्दा उत्कृष्ट डाइनोसर भ्रुण हो।’

भ्रुणको अध्ययनबाट डाइनोसर र आधुनिक समयका चराबीचको सम्बन्धबारे बुझ्न विशेष सहयोग गरेको अनुसन्धानकर्ताले बताएका छन्। फेला परेको डाइनोसरको भ्रुण चराका बच्चा कोरल्नुपूर्व जस्तो अवस्थामा रहेको वैज्ञानिकले बताए।

डा माले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यसले अहिलेका चराका पुर्वज डाइनोसर रहेको हुन सक्नेमा थप बल पुगेको छ।’

Advertisement

 

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top