म्यानमारमा ३० वटा भन्दा धेरै शव जलेको अवस्थामा भेटियो

११ पुस, एजेन्सी ।
म्यानमारको कायाह प्रान्तमा ३० वटाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएका छन् ।

म्यानमारको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको हो । ती शवहरु म्यानमारको सेनाले जलाएर गाडेको हुनसक्ने आशङ्का गरिएको छ ।

म्यानमारको पुस्रो सहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारमा सैनिक शासनको विरोध गर्नेहरुलाई सेनाले अमानवीय व्यवहार गर्ने गरेको मानवअधिकारवादी समूहको आरोप छ ।

Advertisement

म्यानमारमा आङ सान सुकी नेतृत्वको सरकारलाई हटाएर सत्ता हातमा लिएयता सेनाको नागरिकस्तरबाट विरोध हुँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top