×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

ब्रह्माण्डको नयाँ रहस्य पत्ता लगाउन जेम्स वेब टेलिस्कोप निस्कियो अन्तरिक्ष यात्रामा

११ पुष २०७८

११ पुस, बीबीसी ।
ब्रह्माण्डको सबैभन्दा पहिलो तारा खोज्ने उद्देश्यसहित दश अर्ब डलर खर्च गरेर बनाइएको जेम्स वेब टेलिस्कोप शनिवार अन्तरिक्ष यात्रामा निस्किएको छ।

दक्षिण अमेरिकाकी फ्रेन्च गुयानाको एरियन रकेटबाट इतिहासकै सबैभन्दा ठूलो भनिएको जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण गरिएको हो। उक्त उडान पृथ्वीको कक्षमा ३० मिनेटभन्दा कम समय रहेको थियो र केन्याको मालिन्डीस्थित एन्टेनाले प्रक्षेपण सफल भएको सङ्केत प्राप्त भएको पुष्टि गरेको थियो।

Advertisement
Advertisement

चन्द्रमामा एपोलो मिसनमार्फत अन्तरिक्षयान पुर्‍याउने प्रमुख भूमिका खेलेका वेबको नाम दिइएको यो नयाँ टेलिस्कोप हबल टेलिस्कोपको उत्तराधिकारी हो। अमेरिकी, युरोपेली र क्यानडाली अन्तरिक्ष एजेन्सीमा काम गर्ने इन्जिनियरहरूले यो नयाँ टेलिस्कोप हबलभन्दा १०० गुणासम्म शक्तिशाली हुने बताएका छन्।

उक्त टेलिस्कोप बोकेको रकेटले पृथ्वी छाड्दा अमेरिकी अन्तरिक्ष निकाय नासाका एक जना टेलिभिजन प्रस्तोता रब नाभिसले जेम्स वेबले ब्रह्माण्डको जन्मतर्फको यात्रा पुनः सुरु गरेको बताए। उक्त टेलिस्कोपलाई पृथ्वीबाट पठाइएको हेर्न आतुर भएका मानिसहरू पनि उक्त क्षणलाई लिएर तनावमा थिए।

विश्वभरका हजारौँ मानिसहरू उक्त परियोजनामा पछिल्लो ३० वर्षयता कार्यरत थिए। एरिअन एउटा विश्वसनीय वाहक भए पनि रकेटको सन्दर्भमा प्रक्षेपणहरू सफल नै हुन्छन् भन्ने निश्चित छैन।

जटिल कार्य
तर शनिवारको प्रक्षेपण अबको छ महिनामा हुनुपर्ने जटिल शृङ्खलाबद्ध कामको सुरुवात मात्रै हो। उक्त टेलिस्कोप पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर पर पुर्‍याइनेछ। त्यहाँसम्म पुग्ने क्रममा वेबले अहिलेको आफ्नो स्वरूप बदल्ने छ र त्यो ककुनबाट पुतली निस्किएको जस्तै हुने बताइन्छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी प्रशासक बिल नेल्सनले वेब एक असाधारण मिसन भएको बताए। हामीले ठूलो सपना देख्दा कतिसम्म हासिल गर्न सक्छौँ भन्ने यो ज्वलन्त उदाहरण हो। यो परियोजना जोखिमपूर्ण छ तर ठूलो पुरस्कार पाउन जोखिम त मोल्नै पर्छ, प्रक्षेपणअघि उनले भने।

यो सुपर टेलिस्कोप ब्रह्माण्डमा धेरै टाढासम्म हेर्न मिल्ने गरी निर्माण गरिएका कारण यसले १३।५ वर्षअघिको पहिलो ताराको प्रकाश पहिचान गर्न सक्ने अपेक्षा गरिएको छ। हामी ब्रह्माण्डबारे सबैलाई चकित बनाउने रहस्यहरू पत्ता लगाउन सक्नेछौँ।

यो टेलिस्कोपको सबैभन्दा उत्साहजनक सम्भावना मेरो लागि यही नै हो, परियोजनाका उपप्रमुख समेत रहेका वैज्ञानिक डा। एम्बर निकोल स्ट्रगनले भनिन्। यसमा ६.५ मिटर ब्यासको खगोलीय ऐना प्रयोग गरिएको छ जुन अहिलेसम्म पृथ्वीको कक्षमा पठाइएकामध्ये सबैभन्दा ठूलो हो।

खुम्च्याएर पठाइएको यो ऐनालाई अन्तरिक्षमा फैलिन नै दुई हप्ताको समय लाग्नेछ। यो टेलिस्कोप पूर्ण सञ्चालनमा आएर तस्बिरहरू पठाउन छ महिना लाग्ने डा. स्ट्रगन बताउँछिन्। यो फैलिएर आफ्नो आकार लिने आफ्नै प्रणाली छ। त्यसपछि यो चिसो हुन, ऐनाहरू मिलाउन र उपकरणहरू खुल्न एक–एक गर्दै धेरै महिना लाग्छ, उनले भनिन्।

यसले सन् २०२२को गर्मीयामसम्म पहिलो तस्बिर पठाउने उनको अपेक्षा छ।

हबलको उत्तराधिकारी
अहिलेसम्मको सफल मानिएको हबल टेलिस्कोपले हामीले ब्रह्माण्डलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याएको थियो। वेब टेलिस्कोपले हबलको क्षमता बाहिर ठानिएको ब्रह्माण्डका भागहरू हेर्न सकिने बताइएको छ।

तीन दशकसम्म काम गरेको हबलले १,००० आकाशगङ्गाहरूको दृश्य र उत्पत्तिका प्रसिद्ध स्तम्भहरू सहितका ब्रह्माण्डका महत्त्वपूर्ण जानकारीहरू पठाएको थियो। हबलले अझै १० देखि २० वर्ष काम गर्नसक्ने आङ्कलन गरिएको छ। त्यसपछि थप सुधार सहितको वेब हबलको उत्तराधिकारी हुनसक्ने ठानिएको छ।

वेबले ब्रह्माण्डलाई इन्फ्रारेडका आधारमा देख्नेछ र मानव आँखाले देख्न नसक्ने प्रकाशहरू कैद गर्नेछ जुन क्षमता हबलमा सीमित मात्र छ। ठूलो ऐना भएका कारण वेबले धेरै प्रकाश सङ्कलन गर्न सक्छ र धेरै समय अघिसम्मका रहस्य पत्ता लगाउन सक्छ।

हबलको तुलनामा वेब पृथ्वीको कक्षभन्दा धेरै टाढा छ। १५ लाख किलोमिटर टाढा भनेको चन्द्रमा भन्दा पनि चार गुणा टाढा हो। युरोपियन स्पेस एजेन्सीकी डा। एन्टोनेला नोटाका अनुसार २।४ मिटरको प्राथमिक ऐना भएको हबलले ३१ वर्षहरूमा गरेको कामका आधारमा वेब निर्माण गरिएको हो।

क्षमतामा १०० गुणा वृद्धि भएसँगै यसले हामीलाई अझै अगाडिको समयसम्म लगेर पहिलो आकाशगङ्गाहरूको निर्माण कसरी भयो देखाउन सक्छ, उनले भनिन्।

वेब टेलिस्कोपले के देख्न सक्छ

नासाका अनुसार यसको लामो तरङ्ग क्षमताले समयको सुरुवातको धेरै नजिकसम्म हेर्न सकिन्छ र आकाशगङ्गाहरूको पहिलो निर्माण अवलोकन गर्न सकिन्छ। टेलिस्कोपले अहिले पनि ताराहरू बन्ने क्रममा रहेको धुलोका कणहरू भित्रसम्म हेर्न सकिने बताइएको छ।

डा. स्ट्रगनका अनुसार वैज्ञानिकहरूले वेबबाट पहिलो वर्षमा के हेर्ने भन्नेबारे पहिले नै योजना बनाइसकेका छन्। यसले हाम्रो सौर्यमण्डलका ग्रहहरू अध्ययन गर्नेदेखि लिएर १३.५ अर्ब वर्षअघि पहिलो आकाशगङ्गाहरूको उत्पत्ति र यसबीचको समयका सबै कुराहरू हेर्नेछ, उनले भने।

Advertisement

यो टेलिस्कोपले अन्य ग्रहहरूमा जीवनको सङ्केतहरूको पनि अध्ययन गर्ने वैज्ञानिकहरूले बताएका छन्।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top