चीनी उद्योगबाटै बिजुली उत्पादन गरेर बेचिने, यसरी निस्किन्छ बिजुली

विराटनगर,साउन २८
सुन्दा अचम्म लाग्न सक्छ सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगबाटै विद्युत् उत्पादन हुन्छ भनेर ,अब नेपालमा पहिलो पटक उद्योगबाट उत्पादित विद्युत् बिक्री गर्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणबाट बिजुली किन्ने उद्योगहरु उसलाई नै बेच्न तयार भएका छन्। भारतबाट विद्युत् किनी उपभोक्तालाई वितरण गरिरहेको नेपाल विद्युत् प्राधिकरणलाई देशभरका १२ चिनी उद्योगले हिउँद याममा ६० देखि ७० मेगावाट बिजुली दिने भएका हुन् ।

विद्युत उत्पादनका लागि विद्युत् प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भइसकेको चिनी उद्योग संघका महासचिव एवं इन्दुशंकर चिनी उद्योगका सञ्चालक राजेश केडियाले बताए। उनका अनुसार विद्युत् प्राधिकरणसँग यसै वर्षभित्र पिपिए गरी विद्युत् उत्पादन प्रक्रिया अघि बढाइनेछ। ‘उद्योगहरुका तर्फबाट सबै अध्ययन र रिपोर्ट तयार भइसकेको छ, प्राधिकरणले अनुमति दिए यसै वर्षबाट उत्पादन सुरु गर्छौं’, उनले भने।

केडियाका अनुसार उद्योगले उत्पादन गरेको बिजुली प्राधिकरणले प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरिद गर्नेछ। यसरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । दोस्रो ठूलो चिनी उद्योग मानिने केडियाको उद्योगले आन्तरिक खपत कटाएर १६ मेगावाट बिजुली प्राधिकरणलाई दिन सक्छ त्यस्तै वार्षिक ४ लाख क्विन्टलभन्दा बढी चिनी उत्पादन क्षमता भएको सबैभन्दा ठूलो एभरेस्ट सुगर उद्योगले १७ मेगावाटसम्म र शिवशक्ति ग्रुपअन्तर्गत सञ्चालित चिनी उद्योगले १५ मेगावाट बिजुली प्राधिकरणलाई दिन सक्छ।

Advertisement

यसरी १२ वटा चिनी उद्योगले ६० देखि ७० मेगावाट विजुली प्राधिकरणलाई दिन सक्ने महासचिव केडियाले बताए। ‘सामान्यतया सिजनमा (कात्तिक/मंसिरदेखि फागुनसम्म) चिनी उद्योगले प्राधिकरणको विद्युत् प्रयोग गर्दैनन् । अफसिजनमा मात्रै २ हजार किलोवाटजति प्रयोग गर्छौं, अब बढी भएको बिजुली बेच्छौं’, उनले भने । प्राधिकरण प्रमुख कुलमान घिसिङले विद्युत् उत्पादनका लागि चिनी उद्योगबाट प्रस्ताव आएको बताए । ‘हामीले बोर्डबाटै स्वीकृत गरेर पिपिएका लागि ग्यारेन्टी लिएर आउन भनेका छौं।

अहिलेसम्म तीनवटा उद्योग सम्पर्कमा आएका छन् । एउटाको स्वीकृत गरेका छौं भने दुइटाको अध्ययन भइरहेको छ। उहाँहरुको बढी भएको बिजुली हामीले किन्ने हो’, उनले भने।

Advertisement

यसरी उत्पादन हुन्छ बिजुली
चिनी उद्योगको मुख्य कच्चा पदार्थ उखु पेल्दा निस्किने बगासबाट बिजुली उत्पादन हुन्छ । केडियाले भने ‘उखु पेलेर बगास निस्किन्छ, बगासलाई बोइलरमा पोलेर वाष्पीकरण गरिन्छ। बाष्पीकरणबाट बिजुली बन्छ ।

जलविद्युत्मा पानीको टर्वाइन भनिन्छ। उद्योग क्षेत्रमा हामी यसलाई स्टिम टर्वाइन भन्छौं। उद्योग चल्नेबित्तिकै बगास उत्पादन हुन्छ । बगासलाई वाष्पीकरण गरेर विद्युत् उत्पादन सुरु हुन्छ’, ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top