×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

अस्ट्रियामा बन्यो आत्महत्या गर्न पाउने कानुन, के छ प्रावधान ?

१९ पुष २०७८

१९ पुस, एजेन्सी ।
मध्य युरोपेली मुलुक अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ।

असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले यो सातादेखि अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन्। संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्‌ले यस सम्बन्धी कानुन बनाएको थियो।

Advertisement
Advertisement

तर यो अभ्यासलाई कडा नियमन गरिने जनाइएको छ। आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने जनाइएको छ। ती चिकित्सकमध्ये एकजना प्यालीअटिभ केअर अर्थात् गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ।

मानिसहरूले अन्य विकल्प रहेसम्म मृत्यु नरोजून् भनेर सरकारले त्यस्तो हेरचाहका लागि कोषमा रकम विनियोजन गरेको अधिकारीहरूले बताएका छन्।

आफ्नै जीवन समाप्त गर्नका लागि मानिसहरूलाई कुनै सहयोग उपलब्ध गराइने आत्महत्या अस्ट्रियाको छिमेकी स्विट्जरल्यान्डमा यसअघि नै वैधानिक छ। स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा आत्महत्याको यो तरिकालाई अपराध मानिँदैन।

यद्यपि चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने आत्महत्या अस्ट्रियामा अझै पनि गैरकानुनी छ। नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरूलाई आत्महत्या रोज्न रोक लगाएको छ।

प्रक्रिया के छ ?
आफ्नो जीवन अन्त्य गर्न चाहने वयस्कहरूले आफ्नो स्वास्थ्य परीक्षण गरेर आफ्नो निर्णय आफैँ लिन सक्षम भएको निश्चित गर्नुपर्नेछ।

दुई चिकित्सकबाट अनुमति पाएपछि पनि मानिसहरूले आफ्नो निर्णयबारे पुनर्विचार गर्न १२ हप्तासम्म पर्खिनुपर्नेछ। निको भएका बिरामीले पनि दुई हप्तासम्म आफ्नो निर्णय पुनर्विचारका लागि पर्खिनुपर्ने व्यवस्था छ।

यो प्रतीक्षा अवधिपछि पनि आत्महत्या रोज्न दृढ देखिए उनीहरूले वकिल वा नोटरीलाई जानकारी गराएर औषधि पसलबाट प्राणघातक औषधि लिन पाउँछन्। प्राणघातक औषधिको दुरुपयोग रोक्न मानिसहरूले आत्महत्याको निर्णयबारे जानकारी गराएका वकिल वा नोटरीलाई मात्रै औषधि पसलबारे जानकारी हुनेछ।

यस्ता औषधि पसलहरूलाई आफ्नो विज्ञापन गर्न समेत रोक लगाइएको छ। अस्ट्रियामा कसैलाई आत्महत्यामा सहयोग गर्नेलाई पाँच वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ।

तर सङ्घीय अदालते एक वर्षअघि मानिसहरूले आत्मनिर्णयको अधिकार कुण्ठित भएकोू ठहर गर्दै अरूको सहयोग लिएर आफैँलाई मार्न लगाइएको पूर्ण प्रतिबन्ध हटाउन आदेश दिएको थियो।

कसैले अनुरोधमा मर्न सघाउनेहरूलाई अझै पनि अस्ट्रियामा पाँच वर्ष जेल सजाय हुने कानुनी व्यवस्था कायम छ। संसद्‌बाट नयाँ कानुनी व्यवस्था पारित हुनुअघि केही विपक्षी दलहरूले आत्महत्या चाहनेहरूलाई अझै पनि धेरै कानुनी झन्झट रहेको बताएका थिए।

Advertisement

एकजना मनोचिकित्सकको मूल्याङ्कन मात्रै बिरामीहरूको निर्णय क्षमता पहिचानका लागि पर्याप्त नरहेको भन्दै अन्य दलहरूले थप प्रतिबन्धहरू राख्न आवश्यक रहेको तर्क गरेका थिए।(बीबीसी)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top