गायक राजेश पायल राईलाई स्टेजमै हातपात गर्ने दावाले मागे माफी

१९ पुस, विराटनगर ।
अमेरिकामा सांगीतिक प्रस्तुतिका क्रममा गायक राजेश पायल राईलाई हातपात गर्ने व्यक्तिले माफी मागेका छन् ।

अमेरिकामा बस्दै आएका सोलु खरिखोलाका पासाङ दावा शेर्पाले राईलाई खादा ओडाएर माफी मागेका हुन् । शेर्पाले माफी माग्ने क्रममा आफू डिप्रेस भएको र मादक पदार्थ धेरै लागेकाले सो घटना घटेको बताएका छन् ।

उहाँलाई मैले अंगालो मारेर उचालेको मात्र थिएँ । अलि बढी एग्रेसिभ भएछु । न्यु इयरको दिन अलिकति लागिसकेको थियो । मैले उहाँलाई स्टेजमा गएर यसो गर्दा डिस्टर्ब गरेजस्तो भयो । त्यसकारण म राजेश सरका सबै फ्यानसँग माफी माग्न चाहन्छु ।

Advertisement

राजेश सरलाई खादा लगाएर माफी माग्छु, उनले भनेका छन् । अमेरिकामा शेर्पाले माफी मागेको भिडियो गायक राईले सामाजिक सञ्जालमा सेयर गरेका छन् । भिडियो सेयर गर्दै राईले शेर्पा बिरामी भएका कारण माफी दिन फ्यान तथा शुभचिन्तकलाई आग्रह गरेका छन् ।

मानिस हो मानिसबाटै गल्ती हुन्छ । गल्ती स्वीकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना । अब उप्रान्त उहाँलाई गाली गलौज नगर्न आग्रह गर्दछु, राईले लेखेका छन् ।

Advertisement

गायक राईले शेर्पा नेपाली भएकै कारण कुनै कानुनी कारबाही नगरेको बताए । बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ, न्यूयोर्कको आयोजनामा ‘न्यु इयर इभ’को सांगीतिक प्रस्तुतिका क्रममा शनिबार उक्त घटना घटेको थियो । आयोजक टिमका पशुपति श्रेष्ठले पनि अब यस्ता घटना नदोहोरिने बाचा गर्दै राईसँग माफी मागेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top