Nepal Times
Nepal Times
3
Shares

काठमाडौँ र ललितपुरका १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी

काठमाडौँ र ललितपुरका १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी

२५ पौष, काठमाडौँ । काठमाडौँ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ ।

बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाडौँ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ ।

काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिने भनेर सरकारले सूचना नै निकालेको थियो । तर खोपका लागि चाहिने सिरिञ्ज अभाव भएको भन्दै यी जिल्लामा खोप अभियान स्थगित गरिएको थियो ।

अहिले फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाण्डौ र ललितपुरबाहेकका अरु जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेको छ । तर ती जिल्लाका बालबालिकाले कहिलेदेखि खोप पाउने भन्ने अझै टुङ्गो लागेको छैन। बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.