काठमाडौँ र ललितपुरका १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी

२५ पौष, काठमाडौँ । काठमाडौँ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ ।

बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाडौँ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ ।

Advertisement

काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिने भनेर सरकारले सूचना नै निकालेको थियो । तर खोपका लागि चाहिने सिरिञ्ज अभाव भएको भन्दै यी जिल्लामा खोप अभियान स्थगित गरिएको थियो ।

अहिले फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाण्डौ र ललितपुरबाहेकका अरु जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेको छ । तर ती जिल्लाका बालबालिकाले कहिलेदेखि खोप पाउने भन्ने अझै टुङ्गो लागेको छैन। बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरिएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top