जलपक्षी गणनाका क्रममा नवलपरासीमा दुई प्रजातिका नयाँ चरा भेटिए

२५ पुस ७८, सोमबार

२६ पौष, नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम क्षेत्रका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिए ।

’यी दुई प्रजातिका चराहरु गएकोवर्षको पक्षी गणनामा भेटिएका थिएनन्, तर यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो’, उनले भने । चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ ।

Advertisement

गएको वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उनले बताए । ’चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गएको वर्ष ४६ प्रजातिका चरा गणना भएका थिए’, संयोजक चौधरीले भने, ’यस वर्षको गणनामा हामीले सिम कुखुरा, सिन्दुरे हाँस, तपकिरी फटाकडी, सुइरोपुच्छ्रे, सुनजुरे हाँस, ग्रेटर पेन्टेड स्निप, कमन स्निाप, कैलोटाउके हाँसलगायतका १० प्रजातिका चरा फेला पारेनौँ ।’ नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार वटा समूह बनाएर चरा गणना गरिएको थियो ।

गएको वर्षभन्दा तुलनामा यसवर्ष चराको समग्र सङ्ख्यामा समेत धेरै कमी जनाइएको छ । साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उनले बताए । गएको वर्ष चरा गणनामा खोया हाँस ९३२ देखिएको थियो भने यस वर्षको गणनामा एक हजार २१० देखिएको हो ।

Advertisement

कुनै प्रजातिका चरा गएको वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गएको वर्षको तुलनामा न्यून देखिएको चौधरीले बताए । चखेवाको सङ्ख्यामा यो वर्ष गिरावट आएको छ । गएको वर्ष पाँच हजार ५९३ चखेवा गणना गरिएकोमा यस वर्ष चार हजार दुई मात्र गणना गरिएको थियो ।

निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरैनै कमी आएको चौधरीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

सम्बन्धित समाचार

Scroll to Top