निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारीमा छौँः मन्त्री भुषाल

२६ पौष, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छन् ।

आज सोमवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले काठमाण्डौमा आयोजना गरेको ’नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पु¥याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसको अनुमति दिने तयारी गरेको बताएकी हुन् ।

सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारका लागि अनुमति दिइसकेको पनि मन्त्री भुसालले बताउनुभयो । निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिको खाका तयार गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायसँग पनि छलफल गरिने उल्लेख गरिन् ।

मन्त्री भुसालले भनिन्, ‘भर्खरै सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारको अनुमति प्रदान गरेको छ । मन्त्रालय अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि अनुमति दिने तयारीमा छ । बिजुली व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको छु ।’

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता बिजुली खपतलाई बढाउँदै लैजानु भएको बताइन् । देशको समृद्धिका लागि बिजुलीको उत्पादन र खपत बढाउनुपर्नेमा उनको जोड छ । देशको प्रतिव्यक्ति बिजुली खपत न्यून रहेकाले कम्तीमा त्यसलाई सात सय युनिट पु¥याउनुपर्ने मन्त्री भुसालले भनिन् ।

उनले भनिन्, ‘हामीले चाहेको समृद्धिका लागि बिजुली उत्पादन र खपत वृद्धि गर्दै लैजानुपर्दछ । यसका लागि हाम्रो आन्तरिक बिजुली खपत झन्डै पाँच हजार मेगावाट पु¥याउनुपर्दछ । अहिले हाम्रो पिक आवरको बिजुली झन्डै १६ सय ५० मेगावाट रहेको छ ।’

बिजुली खपतलाई बढाउनका लागि सरकारले विद्युतीय चुलोको प्रयोग र विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारिन् ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top