Nepal Times
Nepal Times
3
Shares

एमबीबीएस विद्यार्थीकाे आन्दाेलनप्रति संयुक्त विद्यार्थी सङ्गठनले ऐक्यबद्धता जनाउने

एमबीबीएस विद्यार्थीकाे आन्दाेलनप्रति संयुक्त विद्यार्थी सङ्गठनले ऐक्यबद्धता जनाउने

२६ पौष, काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

सात वटा विद्यार्थी सङ्गठनको आज सोमवार काठमाण्डौमा बसेको बैठकले एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मापदण्ड विपरीत शैक्षिक संस्था चल्दै गएकोप्रति सम्बन्धित विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

बैठकले काठमाण्डौ विश्वविद्यालयअन्तर्गत नोबेल मेडिकल कलेज र काठमाण्डौ मेडिकल कलेजमा भएको भनिएको अनियमिताको समेत छानबिन गर्न माग गरेको छ । लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको कार्यतालिका चाँडो तोक्नसमेत बैठकले माग गरेको छ ।

यस्तै कोरोनाको तेस्रो भेरियन्ट र शैक्षिक क्षेत्रमाथि पर्न जाने सम्भावित जोखिमका बारेमा समेत बैठकमा छलफल भएको नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र अखिल छैठौँलगायत विद्यार्थी सङ्गठनका नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.