NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय बुधबार असार २५ , २०८२
विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ? बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल बुधबार असार २५ , २०८२
रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि बुधबार असार २५ , २०८२
एनपीएललाई कामनगर्नु भनिएको पत्र नै फर्जी बुधबार असार २५ , २०८२
Next
Prev

समाचार

सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्छः अर्थमन्त्री शर्मा

सोमवार पुस २६ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्छः अर्थमन्त्री शर्मा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ पौष, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सङ्कटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् ।

आज सोमवार काठमाण्डौमा बैंक तथा वित्तीय परिसङ्घ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागअनुसार ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले बैंकहरूले पनि सङ्कटका बेला बढी नाफामुखी हुन नहुने बताए ।

Advertisement

‘सङ्कट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन ?’, उनले भने, ‘सङ्कटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुप¥यो । यो भावना देखिएको छैन । सङ्कटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।’

उनले देशको गार्हस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्नुहुँदै सङ्कटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

‘मुख्य समस्या–सङ्कटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उनले भने, ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नका लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’

त्यस्तै मन्त्री शर्माले दक्षिण कोरियालगायतका देशमा शाखा खोल्न बैंकहरूलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायतका देशबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्नुहुँदै उनले ती देशमा शाखा खोल्न आग्रह गरेका हुन् । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले व्यवसाय पनि विशिष्टिकृत गर्नुपर्ने आवश्यकता औँल्याए । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उनले विशिष्टीकरण गर्नुपर्नेमा जोड दिए ।

‘आफूले आफैँलाई ऋण दिने÷लिने देखिएको छ’, उनले भने, ‘यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन् ।’

उनले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने पनि बताए । अहिले देखिएको तरलताको चाप माघभित्र समाधान हुने मन्त्री शर्माको भनाइ छ ।

‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो सङ्कट आइसकेको छैन’, उनले भने, ‘सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’

कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकै पटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनले बताए ।

उनले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गरे । ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्नुहुँदै उनले त्यसो नगर्न आग्रह गरेका हुन् । त्यसले गर्दा व्यवसाय असफल हुने उनको भनाइ रहेको छ ।

यसैगरी कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो अपनाउन नहुने उनले बताए । लकडाउन गर्दा देशको अर्थतन्त्र सङ्कटग्रस्त हुने भन्नुहुँदै लकडाउन गर्न नहुने उनको भनाइ रहेको छ ।

‘फेरि लकडाउन हुन्छ कि भन्ने आशङ्का कतिपयमा रहेको छ’, उनले भने, ‘अब हामीले लकडाउनको बाटो अपनाउनु हुँदैन । फेरि लकडाउनको बाटो अपनायौँ भने हाम्रो अर्थतन्त्रले थेग्न सक्दैन ।’

लोकप्रीय

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२

विचार

थप समाचार

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि
ताजा समाचार

रसुवामा उडेको सेनाको हेलि चीन पुगेपछि

बुधबार असार २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमनदीमाथिको ’अस्थायी ताल’ फुट्दा रसुवामा प्रलय

बुधबार असार २५ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्या भण्डारीलाई रोक्न ओलीलाई सिंगो कांग्रेसको साथ , के छ स्वार्थ ?

बुधबार असार २५ , २०८२
राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

राष्ट्र विखण्डनको अभिव्यक्ति दिने यादवको बचाउमा ६ दल

बुधबार असार २५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.