NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र बिहिबार असार २६ , २०८२
Next
Prev

समाचार

सरकार र गठबन्धन निर्वाचन हुन नदिने षडयन्त्रमा लागेः ओली

सोमवार पुस २६ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
सरकार र गठबन्धन निर्वाचन हुन नदिने षडयन्त्रमा लागेः ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२६ पौष, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले आगामी फागुन महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउनुपर्ने सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा लागिरहेको बताएका हुन् ।

सोमबार संखुवासभाको खाँदबारीमा आयोजित पार्टीको आठौं जिल्ला अधिवेशनमा बोल्दै उनले सरकार निर्वाचनबाट डराईरहेको र लुटमारमा लागि परेको दावी समेत गरे ।

स्थानीय तहलाई जनप्रतिनिधीविहीन बनाउने षड्यन्त्र

अध्यक्ष ओलीले २०५९ सालमा स्थानीय तहको निर्वाचन नहुँदा स्थानीय तह पंगु भएको र अहिलेको सरकारले पनि स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाएर त्यस्तै हालतमा पु¥याउने खोजको तर्क गरे ।

उनले ‘समृद्ध नेपाल ः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन पनि सबैलाई अपिल गरे । अध्यक्ष ओलीले भने , ‘प्रतिक्रियावादीहरु चुनावमा जान डराईरहेका छन । म तपाईहरुलाई जानकारी गराउन चाहन्छु–स्थानीय तहको निर्वाचन फागुनमा गराउनुपर्ने हो । स्थानीय निर्वाचन सम्बन्धि ऐनमा के व्यवस्था छ फागुनमा निर्वाचन गर्ने कुनै सम्भावना छैन । किनभने यो सरकार लुटमारमा लागेको छ अहिले । चुनावतिर होईन । यस सरकारले स्थानीय तहहरुलाई प्रतिनिधिविहीन बनाउने, कर्मचारीमार्फत् चलाउने, त्यो षडयन्त्र गर्दैछ, जुन ५९ सालमा पनि गरेको थियो । ५९ सालमा चुनाव गराइएन । चुनाव नगराएर जनप्रतिनिधिको म्याद थपिएन । कर्मचारीलाई जिम्मा लगाइयो । जसले गर्दा स्थानीय तहहरु जनप्रतिनिधिविहीन र पंगु भए । त्यसपछि बल्ल ७४ सालमा हामीले चुनाव गरेर ५४ सालपछि २० वर्षमा स्थानीय तहको चुनाव भयो र स्थानीय जनप्रतिनिधिमार्फत् हामीले हाँक्ने मौका पायौं । किनभने हाम्रो हातमा सरकारमा जाने मौका मिलेन । जव हाम्रो हातमा प¥यो । अघि नै हाम्रा उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री अर्थमन्त्रीजीले भनिसक्नु भो । हाम्रो हातमा पर्दा हामीले कसरी गरेका छौं । हाम्रो हातमा पर्दा हामीले संविधान बनाउन सक्दो भूमिका खेल्यौं । म त्यसमा दोहो¥याएर जान चाहन्न । यहाँहरुलाई थाहा छ । हामीसँग समय थोरै छ । देश बनाउनका लागि, देश विग्रन नदिनका लागि, देशलाई स्वाभिमानपूर्वक उभिन सक्ने बनाउनका लागि, देशको अर्थतन्त्र अगाडि बढाउनका लागि, देशबाट गरिवी हटाउनका लागि, पछौटेपन हटाउनका लागि अर्थात् संक्षिप्तमा भन्ने हो भने सुशासन र विकासको बाटोमा समृद्धछ नेपालः सुःखी नेपाली बनाउनका लागि नेकपा एमालेलाई संखुवाबासी भाजुभाई दिदीबहिनीहरुले साथ दिँदै आउनु भएको छ । अव हिजो भन्दा बढि जोडदार ढंगले नेकपा एमालेलाई साथ दिनुहोस । म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु किनभने जनताको साथबाट मात्रै देश बनाउन सकिन्छ । म यहाँहरुलाई आग्रह गर्न चाहन्छु ।’

नेकपा एस नक्कली वामपन्थी हो

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नक्कली बामपन्थीको संज्ञा दिँदै त्यहाँ गएका पार्टीका नेता, कार्यकर्ताहरुलाई एमालेमा फर्कन पनि आह्वान गरे ।

दक्षिणपन्थीहरुको सेवामा समर्पित सो पार्टीमा गएकाहरुलाई नअल्मलिईकन एमालेमा आउनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले एमालेमात्रै मुलुकको परिवर्तन चाहने बामपन्थी पार्टी भएको पनि दोहो¥याए ।

उनले भने, ‘अन्य पार्टीमा अझै पनि साथीहरु अलमलिई रहनु भएको छ । ती साथीहरुलाई र खास गरेर बामपन्थी खोल ओडेर, कम्युनिष्टको खोल ओडेर, प्रतिक्रियावादी काम गर्ने, दक्षिणपन्थीहरुको सेवा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, कम्युनिष्ट सरकार ढाल्ने र आफूलाई लगेर प्रतिक्रियावादी खेमामा समाहित गर्ने नक्कली बामपन्थी, आडम्बरी बामपन्थी, बामपन्थीको खोल ओडेका त्यस्ता तत्वहरु र तीनका पार्टीहरुमा अव नअल्मलिनका लागि म दाजुभाई दिदीबहिनीहरुलाई म आग्रह गर्न चाहन्छु । साथीहरुलाई आग्रह गर्नु चाहन्छु । बामपन्थी खोल ओडेका पार्टीमा साथीहरु नअलमलिनुस् । नेकपा एमालेका आउनुस् । नेकपा एमालेमात्रै बामपन्थी अर्थात परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, जनतालाई अधिकार सम्पन्न बनाउने, सामाजिक न्याय र समानता दिने यो पार्टी हो ।’

समृद्धिको अभियानलाई तीव्रता दिएपछि सरकारबाट हटाए

अध्यक्ष ओलीले विकास र समृद्धिको अभियानलाई तीव्रता दिएपछि देशीविदेशी प्रतिक्रियावादीहरुले आफू नेतृत्वको सरकार हटाएको पनि बताए ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन एमालेलाई आगामी निर्वाचनमा नेपाली जनताले एकल बहुमत दिने दावी गरे । अन्य दलहरुले गठबन्धन गरेर आएपनि आगामी निर्वाचनमा एमालेलाई हराउन नसक्ने उनको दावी थियो ।

उपाध्यक्ष पौडेलले भने, ‘अहिले जुन प्रकारको गठबन्धन सरकार छ । गठबन्धन सरकार कुन हदसम्म नालायक छ । अति अर्कमण्य छ । कति विकास विरोधी छ भन्ने कुरा यहाँहरुले देखि सक्नु भएको छ । त्यस अर्थमा विकासका अभियानहरुलाई अगाडि बढाउनका निमित्त, सामाजिक न्यायको अभियानलाई अगाडि बढाउनका निमित्त, समृद्धितर्फ देशलाई अघि लैजानका निमित्त, सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्नका निम्ति फेरी पनि एमाले नेतृत्वको सरकार अपरिहार्य छ । यस अर्थमा म संखुवासभाका साथीहरुलाई आग्रह गर्न चाहन्छु–तपाईहरुले आउने निर्वाचनमा सबै पालिका विजयी हुनुहोस । प्रतिनिधिसभामा धेरै मत अन्तरले विजयी गराउनुहोस् । हामी जनादेशको आधारमा फेरी कमरेड केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदमा पुनस्थापित गर्न चाहन्छौं । र विकास, निर्माण र समृद्धिका रोकिएको अभियानहरुलाई गतिशील ढंगले अघि बढाउन चाहन्छौं । आउने निर्वाचनमा नेकपा एमालेको नसिवमा विजय लेखेको छ । आउने निर्वाचनमा एमाले बहुमत ल्याउनेछ । विकास, निर्माणको कामलाई तीव्रता दिनेछ ।’

कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर आएका जिल्ला तहका नेताहरुलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

लोकप्रीय

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

विचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

थप समाचार

ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
७ दिनमा तलब नदिए बालेनले टुकुचामा गाडिदिने
ताजा समाचार

बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज कुन–कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.