उपत्यकाका तीन जिल्लामा आजदेखि १२–१७ वर्ष उमेर समूहकालाई खोप

२६ पुस ७८, मंगलबार

२७ पुस, काठमाडौं ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा मंगलबादेखि १२ देखि १७ वर्षका बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ ।

Advertisement

फाइजर र मोडेर्नाको खोप बालबालिका तथा किशोरकिशोरीलाई प्रदान गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका सबै स्थानीय तहबाट खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएका छन् । मन्त्रालयले सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो ।

Advertisement

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि ती उमेर समूहका विद्यार्थीलाई फाइजर र मोडर्ना खोप लिइने थालेको बताएका छन् ।

उनले पहिलो मात्रा लगाएको चार हप्तापछि दोस्रो मात्रा खोप लगाइने बताए । केही दिन मात्रा ६ लाख ६६ हजार खोपमा प्रयोग गरिने सिरिन्ज आएपछि विद्यार्थीलाई खोप अभियान सुरु गरिएको हो ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गरे पनि स्थानीय तहको समन्वयमा विद्यार्थीलाई खोप लगाइने उनले बताए । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिका लागि खोप लगाउन खोप केन्द्र लिएर जान अनुरोध गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top