अमेरिकाको म्युजियममा भेटिएका दुई नेपाली सम्पदा घर ल्याउन न्युयोर्कमा सम्झौता

२६ पुस ७८, मंगलबार

२७ पुस, विराटनगर ।
नेपालबाट चोरी भएका पुरातात्विक महत्वका दुई काष्ठकलाका सामग्री अमेरिकाको संग्रहालयले फिर्ता गर्ने भएको छ ।

अमेरिकाको ‘द रुबिन म्युजियम अफ आर्ट’ मा पहिचान भएका १७ औँ शताब्दीको काठको तोरण तथा १४ औँ शताब्दीको उडेको मुद्रामा रहेकी गन्धर्ब अप्सराको आकृति रहेको काष्ठकलाको सामग्री नेपाल फिर्ता आउने भएको हो ।

अमेरिकाको न्यूयोर्कमा रहेको नेपाली महाबाणिज्यदूतावास र रुबिन म्युजियम अफ आर्टले सोमबार संयुक्त वक्तव्य जारी गरेर तोरण तथा गन्धर्ब अप्सराको आकृति सहितको पुरातात्विक सम्पदा फिर्ता गर्ने सहमति भएको घोषणा गरेका हुन् ।

Advertisement

नेपालबाट हराएका वा चोरी भएका पुरातात्विक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ ले केही महिना पहिले यी पुरातात्विक सम्पदा ‘रुबिन म्युजियम अफ आर्ट’ मा रहेको भनि पहिचान गरेको थियो ।

१७ औँ शताब्दीको काठको तोरण ललितपुर पाटनको यम्पी महाविहारबाट तथा १४ औँ शताब्दीको उडेको मुद्रामा रहेकी गन्धर्ब अप्सराको आकृतियुक्त सम्पदा काठमाडौँको इटुम बहालबाट चोरी भएको थियो ।

Advertisement

यी दुवै सम्पदा ‘रुबिन म्युजियम अफ आर्ट’ ले सोमबार न्यूयोर्कमा रहेको नेपाली महाबाणिज्यदूतावासलाई हस्तान्तरण गरेको छ । तोरण सन् २०१० रुबिन म्युजियममा पुगेको त्यहाँका अधिकारीले बताएका छन् ।

यस्तै गन्धर्ब अप्सराको आकृतियुक्त सम्पदा सन् १९९९ मा चोरी भएको थियो र सन् २००३ मा रुबिन म्युजिमको संग्रहमा पुगेको जारी गरिएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

नेपाल सरकारको पुरातत्व विभागबाट सम्पदाहरुको वास्तविक स्थान तथा ती नेपालकै रहेको भन्ने प्रमाणहरु पेश भएपछि संग्रहालयले महाबाणिज्यदूतावासलाई हस्तान्तरण गरेको हो ।

ती सम्पदा प्रक्रिया पूरा गरेर नेपाल ल्याइने र उनीहरुको वास्तविक स्थानमा पुनः प्रतिस्थापित गरिने जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top