Nepal Times
Nepal Times
3
Shares

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका सबै प्रवेश पास खारेज

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ, यसअघिका सबै प्रवेश पास खारेज

२९ पुस, काठमाडौं ।
सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

कोभिड–१९ संक्रमण बढेसँगै सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको हो । गृह मन्त्रालयले अहिलेसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको छ ।

अब नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गरिने मन्त्रालयले जनाएको छ ।

सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइने मन्त्रालयका प्रवक्ता प्रदिपकुमार कोइरालाले बताए । उनका अनुसार सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रवेश दिइनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.