स्विजरल्याण्डबाट डिग्री गरेका युवा विराटनगरमा कफी बेच्दै(फोटोसहित)

२९ पुस ७८, शुक्रबार

३० पौष, विराटनगर । नेपाली जनजिब्रोमै अभ्यस्त भईसक्यो छोराछोरी बढे विदेशिन्छन् अनि उतै भासिन्छन् । तर यो सबैमा लागू हुँदैन । नेपाली युवा वर्षेनी उच्च शिक्षा अध्ययनका लागि विदेशिन्छन् अनि कालान्तरमा विदेशमै भविष्य खोज्दछन् । विगत एक दशक यता यो सिलसिला झनै बढ्दै गएको छ । तर उच्च शिक्षाका लागि विदेशिएकाहरु त्याहाको ज्ञान ,सिप र अनुभव लिएर स्वदेश फर्किने र त्यसको स्वदेशमै उपयोग गर्ने क्रमपनि पछिल्लो समय बढेको छ ।  यस्तै युवा मध्येका एक हुन् अभिनायक मल्ल । अध्ययनका लागि युरोप पुगेका मल्ल अहिले युरोपको भूमि त्यागेर स्वदेशमा व्यवसाय संचालन गरेर बसेका छन् । अभिनायक मल्ल जन्मस्थल विराटनगर फर्किएर व्यवसाय गर्ने बारेको निर्णय आफूले एकरातमा लिएको बताउँछन् ।

सपनाको देश स्विजरल्याण्डको सरकारी युनिभर्सिटिबाट आफ्नो मास्टर्सको अध्ययन पूरा गरेका मल्ललाई त्याहाको स्थायी अनुमति पत्र पिआर बनाउन कत्ति पनि समय लाग्ने थिएन । तर उनको एक रातको त्यो सोचले अहिले उनको जीवनमा परिवर्तन ल्याएको छ।

Advertisement

नेपाली पुस्तालाई नेपाली कफीको स्वाद र महत्व चिनाउने त्यो पनि आफ्नै ठाँउबाट , उनको त्यो सोच अरु भन्दा केही पृथक छ । केही फरक गर्ने सोचसहित नेपाल फर्किएका उनको सोचले अहिले सार्थकता पाउदै गएको छ ।  ३५ लाखको लगानीमा व्यवसाय सुरु गरेका उनले संचालन गरेको कफी सप “वेक कप कफी“ अहिले तेस्रो वर्षमा प्रवेश गरेको छ । कफी सपमा अहिले ८ जनाले रोजगारी समेत पाएका छन् ।

Advertisement

विराटनगर स्थित हनुमान रोडमा अवस्थित कफी सप “वेक अप कफी“ युवा पुस्ताको अहिले मुख्य अड्डा नै बनेको छ। विराटनगरका तरुणतन्देरीका लागि यो चिरपरिचित स्थल बनेको छ । त्याहा युवा युवतीहरु कफीको चुस्कीका साथ घटौ रम्ने गर्दछन् । शान्त वातावरणमा रहेको उक्त कफी सप एक्लै काम गर्न चाहानेहरुका लागि पनि उपयुक्त ठाउँ हो । कफी सप संगै पढ्नेहरुका लागि विभिन्न पुस्तक अनि काम गर्नेका लागि डिभाइस चार्जिंग स्टेसनको प्रवन्ध पनि त्याहा गरिएको छ । निकै नै व्यस्त रहने उक्त कफी हाउसलाई युवाहरु बिराटनगरको बेस्ट वर्किङ्ग जोन मान्दछन । यो ३ वर्षको अवधिमा वेक अप कफीले बिराटनगरमै एउटा फ्रेन्चाईजसहित अन्य ठाउँमा आफ्नो कफी बिन्सलाई पनि अघि बढाइरहेको छ। चिया र कफीका आआफ्नै पारखी छन् ।

नेपालीले जसरी चियाको स्वादलाई आफ्नो जीवनसंग जोडेका छन् । त्यसरी नै अहिलेको युवा पुस्ताले कफीलाई अपनाउदै आएको कुरा नकार्न सकिदैन । नेपाली प्रिमियम कफी किन बाहिर मात्र लाने त भनेर कफी क्यालकुलेसन गरेर मात्र यो व्यवसायमा हात हालेको मल्ल बताउँछन् । उनले उत्साहित हुदै सुनाएका छन्, “सुरुमा त हामीले यसको कस्टिङ्ग निकाल्यौ, अनि ल अब १५० सम्म राम्रो ग्रेडको अरेबिका बिन्स दिन सकिने रैछ भनेर सोच्यौ ।”

उनको कफी उत्पादन र कफी हाउसको यात्रा पनि लगभगसंगै नै अघि बढेको छ । इलाममा कफी उत्पादन गर्ने गरेका मल्लले त्याहा दैनिक २५ जनालाई रोजगरी दिएका छन् । व्यवसाय भन्दा उत्पादनलाई प्राथमिकतामा राख्ने मल्ल आफै पनि संयुक्त राष्ट्रिय कफी क्वालिटी च्याम्पियनका एक सर्टीफाईड कफी टेस्टर पनि हुन् । उनी नेपालको कफीको क्वालिटी टेस्टिङ्गको सर्टीफाईड व्यक्ति मध्यमा पर्दछन् ।यस कारण आफुले बेच्ने कफीको क्वालिटीको दाबी गरेको उनी आत्मविश्वासका साथ बताउँछन् ।

हाल अन्तर्रास्ट्रिय बजारमा नेपाली कफीको वार्षिक माग ७ देखि ८ हजार मेट्रिक रहेपनि नेपाली बजारमा भने ४ देखि ५ हजार मेट्रिक टन सम्म उत्पादन हुने गरेको उनी बताउँछन् । व्यवस्थापन र अर्थशास्त्रको विषयमा अध्ययन पूरा गरेर फर्किएका मल्ल पैसा कमाउनु भन्दा पनि कुनै पनि चिजको मूल्य बनाउनु नै महत्वपूर्ण रहने मान्यता राख्दछन् ।

मल्ल जस्ता युवाको सोच, जाँगर र आत्मविश्वासले नै आज विदेशिएका युवाहरुले स्वदेशमा नै आफ्नो पहिचान र भविष्य खोजिरहेका छन् । मल्ल र उनको कामबाट अन्य युवा पिढीले पनि पाठ सिक्न सके स्वदेशमै रोजगारी सृजनासँगैै दक्ष जनशक्तिको पलायन रोक्न सकिने थियो कि ?

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

सम्बन्धित समाचार

Scroll to Top