३ माघ, एजेन्सी । रियल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
गएराति भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई २–० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा रियल मड्रिडलाई जिताउन लुका मोड्रिक र करिम बेन्जिमाले एक–एक गोल गरे ।
खेलको ८७ औँ मिनेटमा एडर मिलिताओले रातो कार्ड पाएपछि रियल मड्रिड अन्तिमको केही समय १० खेलाडीमा सीमित भएको थियो । सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औँ पटक सुपर कप च्याम्पियन बनेको छ ।