×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

इन्डियन प्रिमियर लिगः हार्दिक पान्ड्या र राशिद खान अहमदाबादमा अनुबन्धित

४ माघ २०७८

४ माघ, एजेन्सी । भारतीप सुपरस्टार अलराउन्डर हार्दिक पान्ड्या र अफगानिस्तानका विश्व चर्चित लेग स्पिनर राशिद खान इन्डियन प्रिमियर लिग (आइपिएल) नयाँ फ्रेन्चाइज टोली अहमदाबादमा अनुबन्ध भएका छन् ।

इएसपिएनका अनुसार अहमदाबादले आइपिएल मेगा अक्सन अघि टोलीमा तीन खेलाडी अनुबन्ध गरेको छ ।

Advertisement
Advertisement

हार्दिक, राशिद र भारतीय युवा ओपनर शुभमन गिललाई अहमदाबादले अनुबन्ध गरेको छ । यस वर्ष अहमदाबाद र लखनउ थपिका दुई नयाँ फ्रेन्चाइज लिग हुन् । आठ पुराना फ्रेन्चाइज लिगले नियम अनुसार खेलाडी अनुबन्ध गरिसकेका छन् ।

आइपिएल नियम अनुसार पुराना फ्रेन्चाइज टोलीले बढीमा चार विदेशी खेलाडी टोलीमा राख्न पाउँछन् । दुई नयाँ फ्रेन्चाइज टोलीले बढीमा तीन खेलाडी अक्सन अघि टोलीमा राख्न पाउँछन् । जसमा दुई भारतीय र एक विदेशी खेलाडी हुनुपर्छ ।

तीन खेलाडी टोलीमा अनुबन्ध गर्दा पहिलो खेलाडीलाई १५ करोड, दोस्रोलाई ११ करोड र तेस्रोलाई ७ करोड खर्चन सक्छन् । लखनउ र अहमदाबादले औपचारिक रुपमा टोलीमा रहने खेलाडी भने टुङ्गो लगाएका छैनन् ।

दुई फ्रेन्चाइज टोलीले २२ जनवरी सम्म खेलाडी सार्वजनिक गर्ने समय पाएका छन् । लखनउको कप्तानी लोकेश राहुलले गर्ने चर्चा छ । अहमदाबादको कप्तानी हार्दिकले गर्ने उच्च सम्भावना रहेको बुझिएको छ ।

इएसपिएनका अनुसार हार्दिक र राशिद दुबैलाई अहमदाबादले १५–१५ करोडमा अनुबन्ध गरेको जनाएको छ । गिललाई ७ करोडमा अनुबन्ध गरेको छ ।

आइपिएलमा आफ्नो टोली निर्माण गर्न एक टोलीले बढीमा ९० करोड भारु खर्चन पाउँछ । अहमदाबादसँग अक्सनमा ५३ करोड भारु उपलब्ध हुनेछ ।

हार्दिक र राशिद पहिलो पटक सँगै फ्रेन्चाइज लिगबाट खेल्नेछन् । मुम्बईका सुपरस्टार हार्दिकलाई यस सिजन टोलीबाट फुकुवा गरेको थियो । त्यस्तै राशिदलाई सनराइजर्स हैदराबाद र गिललाई कोलकता नाइट राइडर्सले यस सिजन टोलीबाट फुकुवा गरेको थियो ।

राशिदलाई २०१८ मा हैदराबादले ९ करोड भारुमा अनुबन्ध गरेको थियो । हार्दिकलाई मुम्बईले २०१८ मा ११ करोड भारुमा टोलीमै राखेको थियो । गिललाई २०१८ मा कोलकताले १ करोड ८० लाख भारुमा अनुबन्ध गरेको थियो ।

मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जित्दा हार्दिकले महत्वपूर्ण अलराउन्ड प्रदर्शन गरेका थिए । मुम्बईले रोहित शर्मा, जस्प्रित बुमराह, सूर्यकुमार यादव र काइरन पोलार्डलाई अनुबन्ध गर्दा हार्दिकलाई फुकुवा गरेको थियो । पुराना आठ टोलीले बढीमा चार मात्र विदेशी खेलाडी राख्न पाउँछन् ।

हार्दिकले पछिल्लो समय फिटनेसमा संघर्ष गरेका छन् । पछिल्लो आइपिएलमा उनले बलिङ गरेका थिएनन् । भारतीय टोलीमा स्थान बनाउन पनि संघर्ष गर्दै आएका छन् । टि२० विश्वकप पछि हार्दिक टोलीमा छैनन् ।

Advertisement

राशिदले आइपिएलमा हैदराबादबाट डेब्यू गरेपछि ७६ खेल खेल्दै ९३ विकेट लिई सकेका छन् । आइपिएल अक्सन आगमी फेब्रुअरी दोस्रो साता हुने चर्चा छ । तर आइपिएलले आधिकारीक रुपमा पुष्टि भने गरेको छैन । यस सिजन देखि आइपिएलमा १० टोली हुनेछन् । नेपालबाट लेगस्पिनर सन्दीप लामिछानेको सम्भावना छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top