भिजिट भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति गठन

१३ माघ, काठमाडौँ । सरकारले भिजिट भिसा र त्यसबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति बनाएको छ ।

Advertisement

नेपाली श्रमिकले यूएई लगायतको खाडीको देशमा कामका लागि भिजिट भिसामार्फत गएर समस्या भोगिरहेको सन्दर्भमा बुधबार गृह मन्त्रालयले गृह प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार बोर्डका प्रतिनिधि रहेका छन् ।

Advertisement

समितिले भिजिट भिसा उपलब्ध गराउने मापदण्ड बनाउन, विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय उडान तालिका, श्रमिकहरुले विदेशमा रहदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ ।

त्यसका लागि १५ दिनको समय तोकिएको छ । समितिको सचिवालय वैदेशिक रोजगार बोर्डमा रहनेछ ।

Advertisement

श्रम गन्तव्य देशहरूमा समस्यामा परेका श्रमिकहरू, भिजिट भिसामा गई अलपत्र पर्ने लगायतका विषयमा बुधबार गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठक बसेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top