विराटनगर,साउन ३०
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उठाएका माग सम्बोधन गर्नका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । संगठन र संघको नेतृत्वमा यही साउन १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उद्योगी व्यवसायी छलफल गरेका थिए ।
सो क्रममा दुवै संस्थाका तर्फबाट प्रस्तुत गरिएको मागपत्रसहित मुलुकको आर्थिक विकासका निमित्त तत्काल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने कार्यहरुका विषयमा दुई महिनाभित्र ठोस प्रतिवेदन बनाएर पेश गर्ने गरी सरकारले कार्यदल बनाएको हो ।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयका सहसचिव सदस्य छन् । त्यस्तै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा, उद्योगी सुशील धनावतसहित विभिन्न जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सम्मिलित १३ सदस्यीय कार्यदल गठन भएको हो ।
यही बिहीबार कार्यदलको पहिलो बैठक बोलाइएको छ ।