‘कि आमा कि मामा’ भन्ने नेपाली उखानले मामालाई पनि आमाको जत्तिकै स्थान दिएको छ । तर आफ्नै मामाले बलात्कार गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका ५ साउने टोलकी १७ बर्षीया एक किशोरीकालाई छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले बलात्कार गरी फरार रहेका छन् । बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको तीन महिना पुग्न लागे पनि पीडक अझै पक्राउ परेका छैनन् ।
ती किशोरीमाथि गत बर्ष फागुन २५ गते बलात्कार भएको थियो ।कसैलाई भनेमा तिम्रो बुबा मारिदिन्छु भन्ने धम्की दिएका कारण पीडित किशोरीले गत जेठ अन्तिम साता मात्र घटनाबारे परिवारलाई जानकारी दिएकी थिइन् ।
त्यसपछि परिवारले गत असर ८ गते नै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको भए पनि अझै पीडक पक्राउ नपरेका हुन् ।