वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

१८ माघ, मकवानपुर । वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ ।

पछिल्लो पटक बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका विभिन्न ठाउँमा तीन वटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको हो ।

वाग्मती प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले थाइल्यान्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी दिए ।

Advertisement

मल कारखाना खोल्ने विषयमा थाइल्यान्डको कम्पनीसँग छलफल पनि भइरहेको उनले जानकारी दिए । धेरै खर्चमा भन्दा थोरै खर्च हुने गरी उद्योग खोल्ने उनले बताए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने बहुवर्षीय ठेक्काको मापदण्ड तय गर्ने, प्रदेश किताबखाना सञ्चालनमा ल्याउने, सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छात्रालाई स्नाकोत्तरको शिक्षा निःशुल्क गर्नेलगायतका निर्णय गरेको प्रवक्ता खनालले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top