Nepal Times
Nepal Times
3
Shares

मापदण्ड विपरीत बढी चुनढुङ्गा निकालेर राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द

मापदण्ड विपरीत बढी चुनढुङ्गा निकालेर राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द

१९ माघ, काठमाडौँ । मापदण्डभन्दा धेरै बढी चुनढुङ्गा निकालेर राजस्व छल्ने पाल्पाका २ उद्योग बन्द भएका छन् । सिद्धार्थ मिनिरल्स प्रा.लि. र डोलोमाइड चुनढुंगा उद्योग प्रा.लि. बन्द भएका हुन् ।

वन तथा भूसंरक्षण विभागले मापदण्ड विपरीत चलेका खानी बन्द गर्न भनेपछि डिभिजन वन कार्यालय पाल्पाले खानी सञ्चालनमा रोक लगाएको हो ।

जिल्ला वन कार्यालय, पाल्पाका प्रमुख दीपक ज्ञवालीका अनुसार बढी चुनढुंगा उत्खनन गरेर राजस्व छली गरेका अन्य दुई सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज प्रा.लि. भने अहिले पनि सञ्चालनमा छन् ।

खानी विभागले स्वीकृति दिएको भन्दा अत्याधिक चुनढुंगा उत्खनन गरेर राज्यलाई राजस्व नतिरी घाटा गराएको प्रमाणका आधारमा अख्तियारमा मुद्दा दायर भएपनि सर्वोेत्तम सिमेन्ट लिमिटेड र कन्चन क्वारिज सञ्चालन भैरहेको पाइएको छ ।

आर्थिक वर्ष २०७४/०७५ तथा ०७५/०७६ मा मापदण्ड भन्दा बढी चुनढुंगा उत्खनन गरेका पाल्पाका ४ खानी उद्योगले झण्डै ७४ करोड बढी रावस्व ठगी गरेको प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर भएको छ ।

खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरे उपमहानिर्देशक रहँदा बनेको छानविन समितिले दिएको प्रतिवेदन अनुसार तिनाउ गाउँपालिकाको श्रीडाँडामा सञ्चालित सिद्धार्थ मिनिरल्स प्रालिबाट ४९ करोड ४५ लाख ५१ हजार रुपैयाँ राजस्व असुल गर्नुपर्नेछ ।

अनुसन्धानपछिको प्रतिवेदनले तिनाउँकै कचलमा सञ्चालित सर्वोेत्तम सिमेन्ट प्रालिले १६ करोड ५५ लाख २४ हजार, तिनाउकै डोलोमाइड चुनढुंगा प्रालिले ५ करोड ४३ लाख २१ हजार र कञ्चन क्वाररिजले ३ करोड ८ लाख ६९ हजार रुपैयाँ राजस्व तिर्नुपर्ने उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.