×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई एक हप्ताभित्र रोयल्टी बुझाउन पर्यटन मन्त्रालयको निर्देशन

१९ माघ २०७८

१९ माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म पनि रोयल्टी नबुझाउने पाँच क्यासिनोहरुलाई एक हप्ताभित्र रोयल्टी बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै काठमाण्डौमा रहेका होटल याक एण्ड यति, ओरियन्टल होटल्स(¥याडिसन होटल), रक इन्टरनेशनल, ह्याप्पी आवर तथा सेन्ट्रल मिडिया प्रालीले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न र नगरेमा कारबाही गरिने चेतावनी दिएको छ ।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्मको वक्यौता होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटलले १८ करोड ७६ लाख रुपैयाँ, रक इन्टरनेशनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ, ह्याप्पी आवर प्रालीले २१ करोड ५५ लाख रुपैयाँ तथा सेन्ट्रल मिडिया प्रालीले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी रहेको छ ।

गएको कात्तिक सात गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सात दिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेले क्यासिनोहरुले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो ।

यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तूर र जरिबाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई पक्राउ गरिएको थियो । क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिबाना र दुई वर्षको नवीकरण दस्तुरसहित १४ करोड २० रूपैयाँ नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो । पछि प्राइम बैंक जमानत बसेपछि उनलाई छाडियो ।

Advertisement
Advertisement

काठमाण्डौको सांग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट १४ करोड २० लाख रूपैयाँ बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ । पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाउनेलाई कारबाही हुने चेतावनी दिएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top