अमेरिकाले थप सेना युरोप पठाउने, रुसका नजरमा ‘विनाशकारी कदम’

१९ माघ ७८, बिहीबार

२० माघ, बीबीसी ।
युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ।

Advertisement

करिब दुई हजार सैनिकहरूलाई पोल्याण्ड र जर्मनी पठाइनेछ भने हाल जर्मनीमा रहेका एक हजार सैनिकहरू रोमानियामा खट्नेछन्। उक्त अमेरिकी निर्णयलाई रुसले ‘विनाशकारी कदम’ भनेको छ।

मस्कोले युक्रेनमाथि हमला गर्ने आफ्नो योजना नभएको जनाएको छ तर उसले युक्रेनी सीमा नजिकै करिब एक लाख हतियारधारी सैनिकहरू तैनाथ गरेको छ।

Advertisement

पृष्ठभूमि

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि तनाव पुनः चर्केको हो।

Advertisement

मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ। त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन्।

अहिले खटाइन लागेका अमेरिकी सैनिकहरूले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको रक्षा सुनिश्चित गर्न काम गर्नेछन्।

पेन्टागनले के भनेको छ?

गत महिना तयारी अवस्थामा राखेका साढे आठ हजार सैनिकहरू बाहेक नै अमेरिकाले यी थप सेनाहरू युरोप पठाउन लागेको पेन्टागनले जनाएको छ।

पेन्टागनका प्रवक्ताले पत्रकारसँग भने, हामीले पुटिनलाई र स्पष्ट रूपमा विश्वलाई के सन्देश पठाउनु महत्त्वपूर्ण छ भने र अमेरिकाका लागि नेटो र आफ्ना साझेदारहरूको चिन्ता छ र त्यसले अमेरिकालाई असर पार्छ।

तर रुसी राष्ट्रपति पुटिनको आक्रमण योजनाबारे सोधिएको प्रश्नमा उनले भने, उनले युक्रेनमा थप आक्रमणको निर्णय गर्नेमा हामी अझै पनि विश्वास गर्दैनौँ। रुसी उप–विदेशमन्त्री अलेक्जान्डर ग्रुस्कोले युरोपमा थप अमेरिकी सैनिकहरूको तैनाथीलाई ‘विनाशकारी’ भनेका छन्।

उनले उक्त कदमले सैन्य तनाव बढाएको र राजनीतिक समाधानको दायरा साँघुरो पारेको बताए।

जोनसन–पुटिन वार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनसँग टेलिफोनमा कुराकानी गरेका छन्।

जोनसनले पुटिनलाई सबै युरोपेली प्रजातन्त्रहरूलाई नेटो सदस्यताको हुने चाहना राख्ने अधिकार भएको बताएको डाउनिङ स्ट्रीटको विज्ञप्तिमा उल्लेख छ। रुसले नेटोमा युक्रेन सामेल हुन खोजेको भन्दै त्यसको विरोध गरेको छ।

पुटिनले युक्रेनले मिन्स्क शान्ति सम्झौतालाई दीर्घकालीन रूपमा निस्तेज गर्ने खालको व्यवहार र रुसको जायज सरोकारलाई उचित रूपमा प्रतिक्रिया दिन नेटोले अनिच्छा देखाएको भन्दै ध्यानाकर्षण गराएको क्रेमलिनको विज्ञप्तिमामा उल्लेख गरिएको छ।उनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन्।

विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको प्रतिद्वन्द्व शीतयुद्ध काल देखिको हो। युक्रेन त्यतिबेला कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top