मिसावटयुक्त कोकिन सेवनबाट १६ जनाको मृत्यु

२० माघ ७८, बिहीबार
Share this
689shares

२० माघ, एजेन्सी ।
अर्जेन्टिनामा मिसावट गरिएको कोकिन सेवन गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

Advertisement

राजधानी ब्युनेस एअर्स क्षेत्रमा मिसावटयुक्त कोकिन खाएका अरु ५० जना अस्पताल भर्ना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अनुसन्धानकर्ताले अवैध लागुऔषध कोकिनमा कुनै प्रकारको विषादी वा अरु लागुऔषध मिसाइएको हुनसक्ने अनुमान गरेका छन्। स्थानीय सुरक्षा अधिकारीले पछिल्लो २४ घण्टामा कोकिन किनेका प्रयोगकर्ताहरुलाई सो कोकिन फ्याँक्न आग्रह गरेका छन्।

Advertisement

अहिलेसम्म घटनामा संलग्न भएको अर्थात मिसावट गरिएको कोकिन बेचेको अभियोगमा ९ जना पक्राउ परेका छन्। प्रहरीले लागुऔषध पनि बरामद गरेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि बरामद गरिएको कोकिन र मृतकले प्रयोग गरेको कोकिन समान रहे–नरहेको थाहा हुनेछ।

कोका वनस्पतिको पातबाट बनाइने कोकिन ९हाइड्रोक्लोराइड० निकै नशालु लागुपदार्थ हो। सन् २०१९ को रिपोर्टअनुसार विश्वमा प्रतिव्यक्ति अत्यधिक कोकिन प्रयोग गर्नेहरुको सूचीमा अर्जेन्टिना तेस्रो स्थानमा छ।

Advertisement

अमेरिका र उरुग्वेमा अत्यधिक मात्रामा कोकिन प्रयोग हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top