दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ

२६ माघ ७८, बिहीबार

२७ माघ, विराटनगर ।
सरकारले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बृद्धि गरेको छ।

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ। बुधबार बसेको डीडीसी सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ पुर्याएको हो।

यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो। बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानले पाउने छन् भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने सरकारले जनाएको छ।

Advertisement

मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर दूधको मूल्य ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top