एजेन्सी, साउन ३०
अफ्रिकी मुलुक इजिप्टको फुटबल लिगमा समर्थकहरुले अब खेल भइरहेको खेलमैदामा गएर खेल हेर्न पाउने भएका छन् । सन् २०१२ पछि दर्शकले पहिलो पटक मैदानमा गएर खेल हेर्न पाउने भएका हुन् ।
सन् २०१२ मा खेलका समयमा करिब ७४ जना अल अहलीका समर्थकको मृत्यु भएका कारण फेब्रुअरी २०१२ पछि खेल भइरहेका बेला खेल मैदान जान बन्देज गरिएको थियो ।
प्रतिबन्ध सेप्टेम्बर १ तारिखबाट फुकुवा हुने बताइएको छ । सुरुवातमा ५ हजार भन्दा बढी समर्थकलाई मैदानमा प्रवेश गर्न अनुमति दिइने छैन् । इजिप्टका खेल मन्त्रि डा. अशरफ सोभइले अब समर्थकले पनि खेलमैदानमै गएर खेल हेर्न पाउने अनुमती दिएका हुन् ।