Nepal Times
Nepal Times
3
Shares

ह्वाप्पी आवर प्रालिको होटल तथा क्यासिनो पनि बन्द गर्न निर्देशन

ह्वाप्पी आवर प्रालिको होटल तथा क्यासिनो पनि बन्द गर्न निर्देशन

२७ माघ, काठमाडौँ । सरकारलाई तिर्नुपर्ने करोडौं रोयल्टी नतिरेका क्यासिनो र क्यासिनो रहेका होटेलमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कारबाही बढाएका छन् ।

सोही क्रममा उनले मंगलबार काठमाडौंको याक एण्ड यति र नेपालगन्जको ड्रीम ल्याण्ड होटेल बन्द गर्ने निर्णय गरेका छन् । नेपालगन्जको ड्रिमल्याण्डमा ह्वाप्पी आवर प्रालिले क्यासिनो चलाइरहेको थियो । तर, यो क्यासिनोले सरकारलाई ३८ करोड १० लाख ४५ हजार रुपैयाँ रोयल्टी बुझाएको थिएन ।

सरकारले यो क्यासिनो र होटल दुवै बन्द गराउने निर्णय गरेको पर्यटन विभागले जानकारी गराएको छ ।

मन्त्री आलेको सक्रियतापछि पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा क्यासिनो रोयल्टीबाट ६५ करोड रुपैयाँ संकलन गरिसकेको छ । रोयल्टी नतिर्ने क्यासिनो र त्यसमा रहेको होटेल भने कारवाहीमा परेका हुन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.