बाइडेन–पुटिनबीच टेलिफोन वार्ता हुने

२९ माघ, एजेन्सी ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ।

Advertisement

‘वास्तवमा अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ। शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ’, क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ। पेस्कोभले जोड दिए कि अनुरोधअघि अमेरिकी पक्षबाट लिखित अपील गरिएको थियो।

यसैबीच ह्वाइट हाउसले राष्ट्रतपति बाइडेनले युक्रेनको अवस्था र रुससँगको तनावको बारेमा छलफल गर्न जर्मनी र फ्रान्सका नेताहरू साथै नाटो र ईयुका प्रमुखहरूसहित धेरै सहयोगीहरूसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम छ।

Advertisement

यसैबीच अमेरिकाले युक्रेनमा रहेका सबै अमेरिकीहरूलाई आगामी २४ देखि ४८ घण्टाभित्र युक्रेन छाड्न आह्वान गरिरहेको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले उल्लेख गरेका छन्।

‘हामी यस बिन्दुमा स्पष्ट हुन चाहन्छौं। युक्रेनमा रहेका कुनै पनि अमेरिकीले जतिसक्दो चाँडो र कुनै पनि अवस्थामा अर्को २४ देखि ४८ घण्टाभित्र युक्रेन छोड्नुपर्छ’, सीएनएनका अनुसार सुलिवानले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top