अफगानिस्तानको सम्पत्ति ९–११ आक्रमणका पीडितलाई राहत दिने अमेरिकाको तयारी

२९ माघ, एजेन्सी ।
अमेरिकाले रोक्का गरेको अफगानिस्तानको ७ अर्ब डलरबराबरको रकम ९–११ आक्रमणका पीडितलाई राहतको रुपमा दिने तयारी गरेको छ।

शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको एक कार्यकारी आदेशले रोक्का गरिएको उक्त सम्पत्तिको प्रयोगको लागि बाटो खोलेको हो।

अल जाजिराकाअनुसार अनुसार अमेरिकाले ७ अर्बमध्ये आधा रकम अफगानिस्तानलाई मानवीय सहयोगको रुपमा उपलब्ध गराए पनि ३ अर्ब ५० करोड डलरबराबरको रकम भने ९–११ आक्रमणका पीडितलाई राहतको रुपमा प्रदान गरिने बताएको छ।

Advertisement

एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यसले अफगानिस्तानका मानिसहरुसँग सहयोग पुर्‍याउने अवसर प्राप्त भएको उल्लेख गरेको छ।

गत अगष्टमा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै विश्वभर रहेको अफगानिस्तानको करिब १० अर्ब डलरुबराबरको सम्पत्ति रोक्का गरिएको थियो। उक्त रकममध्ये ७ अर्ब डलर अमेरिकामा रोक्का भएको छ।

Advertisement

सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोतिदिँदा हजारौँ मानिसहरूको ज्यान गएको थियो ।

इस्लामवादी उग्रवादी सञ्जाल अल–कायदाले अफगानिस्तानबाट ती घातक आक्रमणहरूको योजना बुनेको थियो।

तालिबानले अमेरिकाको निर्णयको निन्दा गरेको छ। उसले अमेरिकाले अफगानिस्तानको रकम अन्यत्र खर्च गर्न खोज्नु चोरी भएको बताएको छ। तालिबानका प्रवक्ता मोहम्मद नाइमले समाजिक सञ्जाल ट्वीटरमा अमेरिकाको यो निर्णयलाई ‘नैतिक पतन’को संज्ञा दिएका छन्।

अमेरिकाले तालिबानलाई एक आतंकवादी संगठनको रुपमा राख्दै आएको छ। यद्यपि अधिकारवादी संस्थाहरुले भने अमेरिकासँग अफगानिस्तानको सम्पत्ति फुकुवा गर्न माग गर्दै आएका छन्।

राष्ट्रसंघले केही समयअघि सन् २०२२ सम्ममा अफगानिस्तानका ९६ प्रतिशत मानिस गरिबीको रेखामुनि पर्न सक्ने र अहिले लाखौं मानिस भोकमरीको सामना गरिरहेको बताएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top