×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

युक्रेनमाथि कुनै पनि बेला हवाई आक्रमण सुरु हुनसक्ने अमेरिकी चेतावनी

२९ माघ २०७८

२९ माघ, बीबीसी ।
युक्रेनमाथि कुनै पनि बेला आक्रमण गर्नका लागि रुसी सैन्य बल तयार रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई ४८ घण्टा भित्रमा युक्रेन छाड्न अमेरिकाले आग्रह गरेको छ।

हवाई बम आक्रमण सुरु हुनसक्ने हुँदा त्यहाँबाट निस्कन अप्ठ्यारो पर्न सक्ने र त्यसले सर्वसाधारणहरूलाई खतरामा पार्न सक्ने शुक्रवार ह्वाइट हाउसले जनाएको छ।

Advertisement
Advertisement

युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरिएको भए पनि रुसले आक्रमणको योजना अस्वीकार गर्दै आएको छ।

यूके, क्यानडा, नेदरल्यान्ड्स, लाटभिया, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन् रुसी विदेश मन्त्रालयले पश्चिमा राष्ट्रहरूलाई गलत सूचना फैलाएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा रहेको बताएका छन्। आफ्नो प्रशासनलाई आक्रमण बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे– नगरेको जानकारी नरहेको तर क्रेमलीनले सैन्य कारबाहीको औचित्य सिद्ध हुने बहाना खोजिरहेको हुँदा तीव्र हवाई बम आक्रमणबाट थप कारबाही सुरु हुनसक्ने सलेभनले बताए।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताएका थिए।

अस्ट्रेलिया भ्रमणका क्रममा उनले सीमावर्ती क्षेत्रमा थप सैन्य अधिकारीहरू आएसँगै तनावका बढ्दो सङ्केतहरू अमेरिकाले देखेको बताए। हामी यस्तो अवधिमा छौँ जहाँ जुनसुकै बेला आक्रमण सुरु हुन सक्छ। त्यो शीतकालीन ओलिम्पिक्सकै समयमा पनि हुन सक्छ, उनले भने।

रुसले उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोसँग युक्रेनले कहिल्यै उक्त सङ्गठनमा सामेल हुन नपाउने विषय सुनिश्चित गर्न माग गरेको छ। तनाव कम गर्नका लागि कूटनीतिक पहल जारी छ। बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्।

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि तनाव पुनः चर्केको हो।

मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ।

त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४,००० मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन्। युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ गत साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको थियो।

अमेरिकी सैनिकहरूले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको सुरक्षा गर्न काम गर्नेछन्। उक्त अमेरिकी निर्णयलाई रुसले विनाशकारीू कदम भनेको छ।

विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको शीतयुद्ध कालदेखि द्वन्द्व रहेको छ।

Advertisement
Advertisement

युक्रेन कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top